ताजा अपडेट

बाढीले लुलाङको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बगायो

म्याग्दी २१ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका –२ मा रहेको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । गयराती अविरल बर्षासंगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघुजलविद्युतको विद्युतगृह बगाएको हो । बर्षासंगै नदीको तटिय क्षेत्रमा गएको पहिरो र बाढीको कारण लघुजलविद्युत परियोजना बगाउँदा करिब १ करोड ५० लाख बढीको... पुरा पढ्नुहोस

मोना जापान क्षेत्रिय समिति नागोयाको अध्यक्षमा राम किसान चयन

म्याग्दी २० भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान अन्तर्गत रहेको क्षेत्रिय समिती नागोयाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । आसन्न मोना राष्ट्रिय समिती जापानको अधिबेशनलाई लक्षित गरी सबै क्षेत्रहरुको अधिबेशन तथा भेलाहरु गर्ने कार्यक्रम अन्तरगत नागोयामा रहेका म्याग्देलीहरुको साझा संस्थाको रुपमा रहेको मोना जापान क्षेत्रिय समिति नागोयाको भेला... पुरा पढ्नुहोस

माओवादी केन्द्र म्याग्दीको आर्थिक बिभाग संयोजकमा रिम केसी

  बेनी, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र म्याग्दीकले आर्थिक विभाग संयोजकमा रिम केसीलाइ तोेकेको छ । जिल्ला सदस्य रिम केसीको संयोजकत्वमा गठन भएको समितिको सदस्यमा याम रोका र नगेन्द्र केसीलाई चयन गरिएको जिल्ला संयोजक जुग्जालीले जानकारी दिए । जिल्ला संयोजक रेशम जुग्जालीको अध्यक्षता, इञ्चार्ज गोबिन्द पौडेल, प्रदेश... पुरा पढ्नुहोस

अवरुद्ध बेनी- पोखरा सडक खुल्न २ दिन लाग्ने

  म्याग्दी, २० भदौ । बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध बेनी-पोखरा सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । अविरल वर्षापछिको पहिराले पर्वतमा ठूलो क्षति पुर्याउँदा साबिक धौलागिरिका... पुरा पढ्नुहोस

कांग्रेसको ४३ वडामा नेतृत्व चयन

म्याग्दी, २० भदौ । नेपाली कांग्रेस म्याग्दीले ४५ वडामध्ये ४३ वडामा नेतृत्व चयन भएको छ। शुक्रबार आयोजित वडा अधिवेशनबाट ४१ वडामा सर्वसम्मत र दुई वडामा निर्वाचनसहित ४३ वडामा नेतृत्व चयन गरेको हो । नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले मतदान प्रक्रियाबाट बेनी नगरपालिका–५ पुलाचौरमा यामबहादुर बानियाँ र अन्नपूर्ण गाउँपालिका–६ घारमा कृष्णप्रसाद... पुरा पढ्नुहोस

दोस्रो किस्ता नपाउदाँ बाढी पहिरो पीडितको घर निर्माणमा ढिलासुस्ती

म्याग्दी, २० भदौ । म्याग्दीमा बाढीपहिरोबाट विस्थापित भएका परिवारकोे घर निर्माणमा ढिलासुस्ती भएको छ । जिल्ला प्रशासन कार्यालयले समयमै दोस्रो किस्ता उपलब्ध गराउने प्रक्रियामा ढिलासुस्ती गर्दा घर निर्माण अलपत्र बनेको हो । सरकारले किस्तामा उपलब्ध गराउने प्रक्रियामा ढिलासुस्ती गर्दा धवलागिरी गाउँपालिका– ७ धारापानीका दलीतबस्तीका १४ परिवारको घर अलपत्र बनेको छ।... पुरा पढ्नुहोस

मोती पौडेलको संयोजकत्वमा नेकपा (एस) पर्वतको कमिटि घोषणा

पर्वत १७ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीको पर्वत जिल्ला संयोजकमा मोती पौडेल चयन भएका छन् । बुधबार कुस्मामा भएको भेलाले पौडेलको संयोजकत्वमा ७५ सदस्यीय संयोजन कमिटि गठन गरेको हो । १५ वर्षसम्म नेकपा एमाले पर्वतका सचिब भएर काम गरेका पौडेलको नेतृत्वमा एकिकृत समाजवादी घोषणा भएको हो । भेलामा बोल्दै... पुरा पढ्नुहोस

दुर्गमका जनता महंगीमा : खच्चडको भरमा खाद्यान्न ढुवानी

  म्याग्दी, १७ भदौ । भौगोलिक विकटताले सडकको पहुँच नपुग्दा म्याग्दीको गुर्जामा खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता कायम छ । संघियताअनुसार धेरै गाउँमा स्थानीय तहले सडक पु¥याएपनि गुर्जामा पुग्न सकेको छैन् । जिल्लाको धवलागिरी गाउँपालिका– १ गुर्जामा सडक सुविधा नपुग्दा खच्चडको भरमा पु¥याएको दैनिक खाद्यान्नका बस्तुहरु खरिदमा चर्को मुल्य... पुरा पढ्नुहोस

रघुगंगाको कोभिड अस्पतालको रुपमा प्रयोग भएको आमासमूहको भवन पहिरोको जोखिममा

बेनी, १७ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको भवन पहिरोको जोखिममा परेको छ । गाउँपालिकाले कोभिड अस्पताल सञ्चालन गरेको रघुगंगा गाउँपालिका–३ पिप्ले स्थित प्रगतिशिल आमा समूहको भवनमाथिबाट खसेको पहिरोले भवन उच्च जोखिममा परेको छ । कोरोनाको दोस्रो लहर चलेपछि गत बैशाखदेखि आमा समूहको भवनलाई गाउँपालिकाले कोभिड... पुरा पढ्नुहोस

अधिवेशनले गाउँ फर्किए काँग्रेस नेताहरु, नेताहरुलाई नै प्रतिनिधि छनौटमा सकस हुनसक्ने

बेनी, १७ भदौ । नेपाली काँग्रेसको भदौ १८ मा हुने वडा अधिवेशनले शहरकेन्द्रित भएका नेता, कार्यकर्ताहरुलाई गाउँ फर्काएको छ । काँग्रेसमा वर्तमान कार्यसमितिको केन्द्रिय पदाधिकारी र केन्द्रिय सदस्यहरु स्वत महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था छ । संघ र प्रदेशको पछिल्लो पटकको संसदीय निर्वाचनमा प्रत्येक्ष र समानुपातिकतर्फ उम्मेदवार बनेकाहरुलाई समेत स्वत क्षेत्रीय... पुरा पढ्नुहोस