काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रवि कार्की बिजयी,मिश्रित परिणाम

  • १० आश्विन २०७८, आईतवार
  • 873 पटक पढिएको

म्याग्दी १० असोज । नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको चयनका लागि आइतबार भएको निर्वाचनमा सभापति पदमा रविन्द्र कार्की (रवि) निर्वाचित हुनुभएको छ । सभापतिका उम्मेदवार विक्रम बोगटीलाई ८ मतले पराजित गर्दै कार्की विजयी हुनुभएको हो ।


कार्कीले ७६ मत ल्याउनु भएको थियो भने बोगटिले ६८ मत ल्याउनु भएको छ । त्यसैगरि उपसभापतिमा हरि पौडेल र गंगाबहादुर खत्री विजयी हुनुभएको छ । पौडेलले ७३ र खत्रीले ७२ मत प्राप्त गर्नुभएको छ ।

सचिवमा ज्ञानेन्द्र श्रेष्ठ झलक जिसि बिजयी हुनुभएको छ । श्रेष्ठले ८१ र जिसीले ६७ मत पत प्राप्त गर्नुभएकबो छ । त्यसेगरि सहसचिब पदमा स्यानिमाया कार्कि ८१ र शान्ति शर्माले ७५ मत प्रााप्त गरेर विजयी भएको निर्वाचन अधिकृत निरञ्जनराज भण्डारीले जानकारी दिनुभयो ।


नगर समितिको लागि पार्टीको केन्द्रिय सभापति निकट जिल्ला सभापति खमविर गर्वुजा पक्षबाट कार्की र बरिष्ट नेता रामचन्द्र पौडेल निकट निवर्तमान जिल्ला सभापति रेशम बानियाँ पक्षबाट बोगटीले सभापतिमा प्यानल उम्मेदवारी दिएका थिए । मतदानबाट दुबै पक्षको मिश्रीत परिणाम आएको छ । कार्की प्यानलाबाट सभापति सहित एक उपसभापति र एक सचिब बिजयी हुँदा बोगटी प्यानलबाट एक उपसभापति, एक सचिब र दुई सह–सचिब बिजयी भएका छन् ।


नवनिर्वाचित नगर सभापति कार्कीले लोकतान्त्रिक पद्धतीमा प्रतिस्पर्धामा गएपछि जितहार स्वभाविक रहेको बताउँदै सबैलाई मिलाएर काँग्रेसलाई बलियो बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।