म्याग्दीका ६ वटै पालिकामा काँग्रेसको नयाँ नेतृत्व चयन

  • १० आश्विन २०७८, आईतवार
  • 882 पटक पढिएको

म्याग्दी १० असोज । नेपाली काँग्रेस म्याग्दीको गाउँ/नगर अधिवेशनमा ४ स्थानीय तहमा सर्वसम्मत र दुई स्थानीय तहमा निर्वाचनबाट नेतृत्व चयन भएको छ । शनिवार र आईतवार गरि दुई दिनमा सम्पन्न ५ गाउँपालिका र एक नगरपालिकामा काँग्रेसको नयाँ नेतृत्व चयन भएको हो । अधिबेशन अन्तर्गत बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन गरिएको छ भने अन्य ४ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । बेनी नगर सभापति पदमा रविन्द्र कार्की (रवि) निर्वाचित हुनुभएको छ । सभापतिका उम्मेदवार विक्रम बोगटीलाई ८ मतले पराजित गर्दै कार्की विजयी हुनुभएको हो ।


कुल १७१ जना मतदाता रहेकोमा १ सय ६८ जनातले मतदान गर्नुभएको थियो । कार्कीले ७६ मत ल्याउनु भएको थियो भने बोगटिले ६८ मत ल्याउनु भएको छ । त्यसैगरि उपसभापतिमा हरि पौडेल र गंगाबहादुर खत्री विजयी हुनुभएको छ । पौडेलले ७३ र खत्रीले ७२ मत प्राप्त गर्नुभएको छ । सचिवमा ज्ञानेन्द्र श्रेष्ठ झलक जिसि बिजयी हुनुभएको छ । श्रेष्ठले ८१ र जिसीले ६७ मत पत प्राप्त गर्नुभएकबो छ ।

त्यसेगरि सहसचिब पदमा स्यानिमाया कार्कि ८१ र शान्ति शर्माले ७५ मत प्रााप्त गरेर विजयी भएको निर्वाचन अधिकृत निरञ्जनराज भण्डारीले जानकारी दिनुभयो । नगर समितिको लागि पार्टीको केन्द्रिय सभापति निकट जिल्ला सभापति खमविर गर्वुजा पक्षबाट कार्की र बरिष्ट नेता रामचन्द्र पौडेल निकट निवर्तमान जिल्ला सभापति रेशम बानियाँ पक्षबाट बोगटीले सभापतिमा प्यानल उम्मेदवारी दिएका थिए । त्यसैगरि नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाको सभापतिमा बलबहादुर तिलिजा निर्बाचित हुनुभएको छ । सभापतिका प्रत्यासी कृष्णप्रसाद बरुवाललाई एक मतले पराजित गर्दै तिलिजा निर्वाचित हुनुभएको हो । १२८ जना मतदाता मध्ये ११७ मत खसेको र दुई मत बदर भएको थियो ।

वडा नम्बर ५ शिख निबासी तिलिजाले ५८ मत ल्याएर पालिका सभापतिमा निर्बाचित हुनुभएको हो भने उहाँका प्रतिद्धन्दी वडा न. ६ घारका वडा अध्यक्ष समेत रहनुभएका बरुवालले ५७ मत पाउनुभएको थियो । बेनी नगरमा निर्वाचित सभापति कार्की र अन्नपूर्णमा निर्वाचित तिलिजा दुबै जना जिल्ला सभापति खमविर गर्वुजा पक्षका उम्मेदवार हुन् । अन्नपूर्ण गाउँपालिका समितिको उपसभापतिमा राजेश तिलिजा, अर्जुन गुरुङ, सचिबमा टुकबहादुर फगामी, ललिता तिलिजा, सहसचिबमा गोपाल पुर्जा र धनबहादुर पाइजा चयन हुनुभएको छ ।

यता रघुगंगा गाउँपालिका स्तरीय प्रथम अधिवेशनबाट मनकुमार शेरपुञ्जा सर्वसम्मत सभापतिमा चयन हुनुभएको छ । रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष समेत रहनुभएका युवा नेता शेरपुञ्जालाई सभापतिका पत्यासि भवबहादुर भण्डारी र जीवनकुमार मल्लले समर्थन जनाएपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । अधिवेशनबाट उपसभापतिमा निरज भण्डारी, केशब छन्त्याल,देउप्रसाद पुन, सचिबमा सीता कुमारी खड्का सुवेदी, मोहन तिलिजा, खिमबहादुर फगामी, सहसचिबमा भिमबहादुर कार्की, रिति थजाली र कोषाध्यक्षमा ओमकुमारी फगामी चयन हुनुभएको छ । पार्टिको विद्यानमा दुई/दुई उपसभापति र सचिब रहने प्रावधान रहेपनि स्थानीय सहमती अनुसार तीन/तीन जना बनाइएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरि, नेपाली काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन सर्वसम्म निर्बाचित हुनुभएको छ । कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल र प्रेम बिक, सचिबमा नगेन्द्र मल्ल र देबेन्द्र रोका, कोषाध्यक्षमा बुद्धीमान शेरपुञ्जा, सहसचिबमा कमल खत्री र रोशन थापा निर्बाचित हुनुभएको छ । त्यसैगरि, नेपाली काँग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिम पुन सर्वसम्मत निर्बाचित हुनुभएको छ । दरबाङमा भएको पालिका अधिवेशनबाट पुनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । उपसभापतिमा बिरेन्द्र पुन र मिम पुन, सचिबमा बिरेन्द्र किसान, ताराबहादुर रोका, सहसचिबमा श्यामबहादुर बुढाथोकी र अमृत सापकोटा निर्बाचित हुनुभएको छ ।

त्यसैगरि, नेपाली कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिंह खत्री सर्वसम्मत रुपमा चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा भएको पालिका अधिबेशनले खत्रीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । उपसभापतिमा भागीरथ उपाध्याय र विलबहादुर पुन, सचिवमा चित्रराज आचार्य र विरेन्द बुढाथोकी, सह–सचिवमा नेत्रराज सुवेदी र विमल सुनार चयन हुनुभएको छ । सर्वसम्मत रुपमा सभापतिमा चयन हुनुभएका रघुगंगाका शेरपुञ्जा र मालिकाका पुन जिल्ला सभापति गर्वुजा निकट हुनुहुन्छ भने धवलागिरिका सभापति पुन र मंगलाका सभापति खत्री घोषित रुपमा कुनै पक्षमा नदेखिएपनि गर्वुजा निकट नै रहेको दावि गरिएको छ । जिल्लामा भएको गाउँ नगर अधिवेशनमा आगामी जिल्ला सभापतिको दावेदारको रुपमा रहनुभएका जिल्ला सभापति गर्वुजा पक्ष बलियो देखिएको छ । यद्यपी बेनी र अन्नपूर्णमा भएको निर्वाचनमा तिब्र प्रतिस्पर्धा भएको र अन्य सर्वसम्मत नेतृत्व चयन भएका पालिकामा समेत क्षेत्रिय प्रतिनिधिहरु आगामी जिल्ला सभापतिको दावेदारको रुपमा देखिनुभएका रेशम बानियाँको पक्षमा समेत ठुलै संख्यामा रहेकाले बानियाँ पक्ष पनि कमजोर नरहेको स्रोतको दावि छ ।