ताजा अपडेट

माटो मिसिएको गिट्टी प्रयोग गरेपछि ढलान भत्काइयाे

­म्याग्दी । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो । योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन),... पुरा पढ्नुहोस

प्रतिनिधिसभा निर्वाचन : म्याग्दीमा ८६ हजार ३९७ मतदाता कायम

म्याग्दी, २१ पुस । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीमा ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् ।... पुरा पढ्नुहोस

मार्ग खुलेको १७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति गर्न सुरू

म्याग्दी, पुस २१ गते । अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ । विसं २०६६ मा स्थानीयले करिब रु एक करोड चन्दा सङ्कलन गरी भिरकाटेदेखि दोवा जोड्ने आठ दशमलव दुई किलोमिटर सडकमार्ग खोलेका थिए । मार्गखुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा जिप, ट्याक्टर र मोटरसाइकल मात्र... पुरा पढ्नुहोस

रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आर्यघाट जोड्ने पदमार्ग निर्माण सुरु

म्याग्दी २१ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ रानीपौवादेखि चमेरे जोड्ने परम्परागत पदमार्गमा झाँडीभित्र हिड्नुपर्ने बाध्यता हटाउन व्यवस्थित पदमार्ग निर्माण सुरु गरिएको छ । रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आर्यघाट जोड्ने गोरेटोबाटो जङ्गलभित्र भिरालो र साँघुरो डोरोमा झाडीलाई पन्छाएर हिड्नुपर्ने भएपछि ढलान गरी सिँडीसहितको पदमार्ग निर्माण गर्न सुरु गरिएको हो ।... पुरा पढ्नुहोस

बेनीमा दोस्रो मगर कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना

म्याग्दी २१ पुस । म्याग्दी सदरमुकाम बेनीमा दोस्रो मगर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीले म्याग्दी जिल्ला स्तरीय दोस्रो मगर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । पुस २६ गते बेनी स्थित बहुउदेश्यिय कबर्डहलमा आयोजना हुने प्रतियोगितामा प्रथम, द्धितीय र... पुरा पढ्नुहोस

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको रितुङ माविमा अध्ययनरत ३४ जना छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका छन्त्याल समुदायको साझा संस्था सिपिएले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत म्याग्दी र बागलुङ करिब ६ सय विद्यार्थीलाई झोला, कपी र कलम वितरण गर्ने... पुरा पढ्नुहोस

रघुगंगामा नेकपाको एकता बैठक तथा चुनावी अभियान सुरु

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले रघुगंगा गाउँपालिकामा एकताको प्रथम बैठक तथा चुनाबी अभियान सुरु गरेको छ । साविकका नेकपा (माओवादी केन्द) र नेकपा(एकिकृत समाजवादी) लगायतका दलहरुबिच पार्टी एकता भएर नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको र फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएपछि नेकपा म्याग्दीले पालिका स्तरमा एकताको... पुरा पढ्नुहोस

भूतपूर्व सैनिक बचत तथा ऋण सहकारीको २० औँ बार्षिक साधारणसभा

म्याग्दी, १९ पुष । म्याग्दी सदरमुकाम बेनीमा मुख्य कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको २० औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा सहकारीले शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा समेत प्रदान गरिएको छ । कार्यक्रममा नेफस्कुनका कार्यक्रम अधिकृत मनोज खड्का र सहकारीका पूर्व... पुरा पढ्नुहोस

बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेलाको तयारी

म्याग्दी  १९ पुस । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा लाग्दै आएको माघेसङ्क्रान्ति मेलाको निरन्तरताको लागि ‘११ औँ माघे संक्रान्ति मेला’, खाना महोत्सव एवं कृषि मेला आयोजना हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुल्ला मञ्चमा... पुरा पढ्नुहोस

म्याग्दी हुदै ढोरपाटन जोड्ने छोटो दुरीको सडक सञ्चालन

  बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका हुदै बागलुङको पर्यटकीय स्थल ढोरपाटन उपत्यका जोड्ने छोटो दुरीको सडक सञ्चालनमा आएको छ । म्याग्दीको सदरमुकाम बेनी देखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना – खोरीया– मरेनी – जलजला– गुर्जाघाट हुदै ढोरपाटन उपत्यका जोड्ने गत असार महिनामा मार्ग खुलेको सडक प्रयोग गरेर शुक्रबार धवलागिरी गाउँपालिकाको बा १... पुरा पढ्नुहोस