राजिन भण्डारीको नयाँ गीत ‘देउरालिको चौतारीमा’ सार्वजनिक

  • २७ असार २०८३, शनिबार
  • 3 पटक पढिएको

म्याग्दीका गायक राजिन भण्डारीको नयाँ गीत ‘देउरालिको चौतारीमा’ सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो फिनल्याण्डमा छायांकन गरिएको हो । गीतका सर्जक भण्डारी संगै गायिका रुपी सिङ्जाली मगरको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। गीतमा शब्द तथा संगीत राजिन भण्डारीकै रहेको छ।
गीतको संगीत संयोजन (एरेन्ज) शिवम रशाइलीले गरेका छन् भने रेकर्डिङ भानु भक्त भकालले गरेका हुन्। गीतको मिक्सिङ तथा मास्टरिङ श्याम बगदासले गरेका छन्। गीतको अडियो दोरेमी स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको अडियो तथा भिडियो ‘राजिन भण्डारी अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।म्युजिक भिडियोमा स्वाभिमान सुवेदी र विकिता कँडेलको अभिनय रहेको छ। भिडियोको निर्देशन मुरारी भण्डारीले गरेका छन्।

 

 

सम्पादन तथा कलर अमृत चापागाईंले गरेका छन् भने अवधारणा, कथा तथा छायांकन राम केसीले सम्हालेका छन्। पोस्टर डिजाइन एसडी हाउसले तयार गरेको हो। करिब एक दशकदेखि नेपाली साँगेतिक क्षेत्रमा सक्रिय रहनुभएका भण्डारीले नयाँ म्युजिक भिडियो सहित ल्याएको गीतले दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको बताउनुभयो ।