ताजा अपडेट

मंगलामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

म्याग्दी, ६ मङ्सिर । म्याग्दीको मंगला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता वडा नम्बर ५ को कैशालफाँटमा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ९ विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ... पुरा पढ्नुहोस

मिर्गौला पिडित भण्डारीको उपचारमा जापानमा रिजालको नेतृत्वमा रु १ लाख बढी सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा जापानबाट रु १ लाख बढी सहयोग जुटेको छ । जापानमा रहनुभएका रघुगंगा गाउँपालिका– ३ मौवाफाँटका युवा आनन्द रिजालको नेतृत्वमा रु १ लाख २४ हजार ७८३ सहयोग जुटेको हो । आर्थिक अवस्था कमजोर रहेका भण्डारीको उपचारमा आर्थिक समस्या आएपछि जापानमा रहेका... पुरा पढ्नुहोस

दिवंगत बिमला गौचनको सम्झनामा श्रद्धाञ्जली सभा

म्याग्दी, मंसिर ५ । नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस म्याग्दीको नेतृ विमला गौचनको बुधबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । गएको कात्तिक २८ गते काठमाण्डौमा डेंगुको उपचारका क्रममा हृदयघात भई ज्यान गुमाउनुभएकी गौचनको स्मृतिमा थकाली समाज घर बेनीमा आयोजित सभामा म्याग्दीमा कांग्रेस, पर्यटन क्षेत्र सहित... पुरा पढ्नुहोस

पाँच वटा सडक जोडिए पनि टोड्के पुग्नै सकस

म्याग्दी । म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्के जोड्ने पाँच वटा सडक छन् । पाँच वटा सडकले जोडिए पनि यातायातका साधनमार्फत टोड्के पुग्न भने मुस्किल हुनेगरेको छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, ग्रामीण जीवनशैलीमा रमाउन पाइने समुन्द्री सतहदेखि दुई हजार चार सय ३० मिटर उचाइमा... पुरा पढ्नुहोस

सवै प्रदेशमा मुटुरोगको विशिष्टिकृत अस्पताल संचालन गर्नेछौं स्वास्थ्य- मन्त्री पौडेल

नारायण रिजाल बागलुङ मंसिर ४ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सात वटै प्रदेशमा मुटुरोगको उपचारका लागि विशिष्टीकृत अस्पतालको संचालन गर्ने जनाएका छन । मंगलबार बागलुङको काठेखोला गाउँपालिका वडा नं. ६ मा नवनिर्मित विहुँकोट आधारभुत अस्पतालको उद्घाटन गर्दै उनले अब सातवटै प्रदेशमा मुटु र क्याम्सर रोगको विशिष्टिकृत... पुरा पढ्नुहोस

विकट गुर्जागाउँ जोड्ने सडकको देउरालीसम्म ‘ट्रयाक’ खुल्यो

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्रयाक (मार्ग) खुलेको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो । म्याग्दीको प्राथमिकताप्राप्त गुर्जा जोड्ने सडक योजनाको गत वर्ष... पुरा पढ्नुहोस

धवलागिरीको राष्ट्रपति रनिङ्ग शिल्ड धनजनतालाई

ताकम, ४ मङसिर ः धवलागिरी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधी धनजनता मावि फलियागाउँले जितेको छ । ताकममा सोमबार सम्पन्न प्रतियोगितामा नौ स्वर्ण, नौ कास्य र तीन रजत पदक सहित धनजनताले उपाधी जितेको हो । साविक बिजेता हेम नमुना आवासीय माविले पाँच स्वर्ण, सात... पुरा पढ्नुहोस

मिर्गौला पिडित भण्डारीको उपचारमा बेल्जियममा रहेका राखुबासीबाट रु ३ लाख २२ हजार सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा बेल्जियममा रहेका राखुबासीले रु ३ लाख २२ हजार बढी सहयोग गरेका छन् । दुबै मिर्गौला फेल भएर काठमाण्डौको टिचिङ अस्पतालमा उपचार गराइरहनुभएका ४२ बर्षिय भण्डारीको उपचारमा बेल्जियममा रहनुभएका राखुबासीहरुले रु ३ लाख २२ हजार २ सय आर्थिक सहयोग गर्नुभएको हो... पुरा पढ्नुहोस

मालढुङ्गा–बेनी सडक दैनिक ६ घण्टा बन्द हुने

म्याग्दी, मङ्सिर ३ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत निर्माणाधीन मालढुङ्गा–बेनी सडक मंगलबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।  सडक कालोपत्रको काम अगाडी बढेको र सडकमा अत्यधिक सवारीसाधनको चाप भएकाले सडक निर्माणको कामलाई सहज बनाउन कात्तिक ४ गतेदेखि दैनिक रुपमा विहान १० देखि दिउँसो ४ बजेसम्मका लागि... पुरा पढ्नुहोस

ठेक्का लागेको ५ वर्षमा पनि रणवाङ–दरवाङ सडक कालोपत्र भएन

म्याग्दी:     जिल्लाको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ)खण्ड कालोपत्र गर्ने योजनाले ५ वर्षसम्म पनि पूर्णता पाएको छैन् । रणनीतिक महत्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते म्याग्दीको रणनीतिक महत्वको निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु... पुरा पढ्नुहोस