ताजा अपडेट

म्याग्दी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ

बेनी, २२ पुुष । म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्रकुमार श्रेष्ठ (दिपु) निर्बिरोध चयन हुुनुभएको छ । क्याम्पसको सोमबार बेनीमा सम्पन्न ३४ औ बार्षिक उत्सव तथा २३ औँ क्याम्पस सभाबाट श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । समितिको संरक्षकमा हरिकुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष सोमनाथ ढुङ्गाना... पुरा पढ्नुहोस

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प , नेपालमा समेत धक्का

  चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पको धक्का... पुरा पढ्नुहोस

भारत सरकारको सहयोगमा निर्मित क्याम्पस भवन र छात्रावास भवन हस्तान्तरण

म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा भारत सरकारको सहयोगमा निर्माण भएको क्याम्पस भवन र छात्रावास भवनको सोमबार हस्तान्तरण गरिएको छ । काठमाडौ स्थित भारतीय राजदुतावासका कन्सुलर अनिवासकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले शिलाखेल अनावरण गरेर भवन उद्घाटन तथा हस्तान्तरण गर्नुभएको हो । भारत सरकारको रु. दुई... पुरा पढ्नुहोस

मिडिया सोसाईटी अवार्ड खत्रीलाई, अध्यक्षमा विश्वकर्मा चयन

म्याग्दी, २० पुस । म्याग्दीका पत्रकार कमल खत्री मिडिया सोसाईटी अर्वाड २०८१ बाटसम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीले हरेक वर्ष प्रदान गर्ने मिडिया अवार्ड यस वर्ष पत्रकार खत्रीलाई प्रदान गरेको हो । म्याग्दी मिडिया सोसाईटीको आठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनका अवसरमा खत्रीलाई दश हजार ६ सय पचास रुपियाँ... पुरा पढ्नुहोस

कृष्ण सेन मदन स्मृती क्रियाशिल पत्रकारीता पुरस्कार गौतमलाई प्रदान

म्याग्दी, २० पुस । प्रेस सेन्टर नेपाल, म्याग्दीद्धारा स्थापित कृष्ण सेन मदन स्मृती क्रियाशिल पत्रकारीता पुरस्कार  म्याग्दीका पत्रकार  सन्तोष गौतमलाई प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाको शनिवार बेनीमा सम्पन्न पाँचौ जिल्ला सम्मेलनको अवसरमा पत्रकार गौतमलाई नगद रु ७ हजार सहित प्रमाणपत्र प्रदान गरी दोसल्ला ओढाएर पुरस्कृत गरिएको... पुरा पढ्नुहोस

खबरा गाउँभरि केराखेती, बजारको अभाव

म्याग्दी । एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् । हिउँदयाम सुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरूङ्गीको आहरा बन्न थालेको खबराका किसान वुद्धवीर परियारले बताउनुभयाे । “पहिले हप्ताको... पुरा पढ्नुहोस

नारच्याङ बेँसीमा खानेपानी आयोजना निर्माण सुरु

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ बेँसीमा रु. एक करोडभन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ । ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा रु. एक करोड आठ लाख ३१ हजार सात सय ५६ को लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको हो । आयोजनाबाट नारच्याङ बेँसी... पुरा पढ्नुहोस

ऐतिहासिक भगवती कोतमा नियमित पूजा सञ्चालन गर्न अक्षयकोष स्थापना

म्याग्दी , १८ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका– २ मा अवस्थित ऐतिहासिक राखु भगवती कोत मन्दिरमा नियमित पूजापाठको प्रवन्ध मिलाउन अक्षयकोष स्थापना गरिएको छ । गत असोजमा आयोजित देवी भागवत महायज्ञबाट संकलन भएको रकमबाट मन्दिरको दैनिक र नियमित पूजाआजाका लागि अक्षयकोष बनाईएको हो । महायज्ञबाट संकलन भएको रु १ करोड... पुरा पढ्नुहोस

कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र

म्याग्दी, पुस १७- मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो । कुश्मा नगरपालिका–१ माझीबस्तीबाट जलजला गाउँपालिका–८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो । तेह्र किलोमिटर लामो बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान... पुरा पढ्नुहोस

बसाइँसराइलाई रोक्दै सुन्तला खेती

म्याग्दी । बेनी नगरपालिका-३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो । सदरमुकाम बेनीमा घर बनाइसकेका उनलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी र... पुरा पढ्नुहोस

To Top