रघुगंगा गाउँपालिकाद्धारा एम्बुलेन्स सेवा सञ्चालन
- ८ पुष २०८२, मंगलवार
- कमल खत्री
- 27 पटक पढिएको
म्याग्दी , ८ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाले एम्बुलेन्स सेवा सुचारु गरेको छ । पालिकाभित्रका नागरिकहरुको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभाबकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याईएको हो । काठमाण्डौ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सलाई गाउँपालिकाले ‘एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन’ कार्यविधि बनाएर आबश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गरेर सञ्चालन गर्न सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा रहेको पालिकाको स्वास्थ्य शाखाबाट व्यवस्थापन हुने गरी पालिकाका ८ वटै वडाका नागरिकलाई स्वास्थ्य उपचारमा एम्बुलेन्स सेवा उपलब्ध हुने उहाँले बताउनुभयो । एम्बुलेन्स सञ्चालनका लागि गाउँपालिकाले एक जना चालक र एक जना नर्स समेत व्यवस्थापन गरेको छ ।
आपतकालीन अवस्थाका विरामी, घाइते, सुत्केरी महिला तथा अति आवश्यक स्वास्थ्य सेवाको लागि गाउँपालिकाको सबै वडादेखि सदरमुकाम बेनी र पोखरासम्म विरामीहरुलाई पु¥याउन र घरमा ल्याउनका लागि एम्बुलेन्सलाई प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।
एम्बुलेन्समा अनिवार्य रुपमा एक जना नर्स र अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य सामाग्रीको उपलब्धता हुने गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । एम्बुलेन्स सेवा लिने नागरिकले स्वास्थ्य संस्थामा जाने–आउने एकमुष्ठ शुल्कमा गाउँपालिकाले निर्धारण गरेको यातायात भाडादरमा ३३ प्रतिशत रकम छुट पाउने गाउँपालिकाले जनाएको छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l