रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै भत्किन थाल्याे

  • ९ पुष २०८२, बुधबार
  • 1 पटक पढिएको

नौ मिटर चौडाइको सो सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी गर्ने सम्झौता छ । उक्त योजनाका लागि २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनामा सम्पन्न गर्ने म्याद रहेकामा पुनः आगामी फागुनसम्म काम गर्ने म्याद थप भएको छ । सडक डिभिजनका अनुसार हालसम्म करिब ७५ प्रतिशत भौतिक प्रगति भएको छ । सडक डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख लामिछानेले सडकमा देखिएको समस्यालाई सुधार गर्न लगाइने प्रतिबद्धता जनाए । निर्माण कम्पनीका आयोजना व्यवस्थापक सेढाईंले बर्खाअघि भएको पहिलो चरणको कालोपत्र र बेसलाई बाढीले बिगारेको, दोस्रो चरणमा बिछ्याएको बिटुमिन चिसोले जमेर चिप्स निस्किए पनि गर्मी बढेपछि बिटुमिन पग्लिएर चिप्स समात्ने बताउँदै त्यसपछि पनि सुधार नभए गुणस्तर र मापण्डअनुसार बनाएर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए ।