भगवती मुलपानीकी क्यान्सर पीडित राधिका कार्कीको उपचारमा सहयोगको आह्वान
- ९ पुष २०८२, बुधबार
- 21 पटक पढिएको
म्याग्दी, ९ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती मुलपानी(मल्कबाङ) निवासी क्यान्सर पीडित राधिका काकीको उपचारमा सहयोगको अपिल गरिएको छ । ४६ बर्षिय कार्कीको स्तन क्यान्सर बाट पीडित भई हाल क्यान्सर अस्पताल भरतपुरमा उपचार भईरहेको छ ।
निजको सल्यक्रिया सहितको उपचार लामो समयसम्म गर्नुपर्ने र घरको आर्थिक अवस्था कमजोर भएकाले सक्दो सहयोगका लागि देश तथा विदेशमा रहेका नेपालीहरुलाई घरपरिवारले आह्वान गरेका छन् । गत कात्तिकमा उपचारको क्रममा स्तन क्यान्सर भएको पुष्टि भएपछि घरपरिवारले राधिकालाई उपचारको लागि भरतपुर क्यान्सर अस्पतालमा भर्ना गरी उपचार गराइरहेका छन् ।
उपचारको क्रममा सल्यक्रिया भएको र लामो समयसम्म थेरापी र किमो चढाएर उपचार गर्नुपर्ने र खर्च धेरै लाग्ने भएपछि सहयोगदाताबाट सहयोग जुटाउन लागिएका उहाँका देवर मनबहादुर कार्कीले बताउनुभयो । क्यान्सर पीडित कार्कीको परिवार गाउँमा सामान्य खेतीकिसानी गरी जीविकोपार्जन गर्दै आउनुभएको छ ।