ब्रेन ट्युमर पीडित नविन परिवारको उपचारमा सहयोगको याचना
- १० पुष २०८२, बिहीबार
- 99 पटक पढिएको
म्याग्दी १० पुस । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ बस्ने २८ वर्षीय ब्रेन ट्युमर रोगबाट पीडित नवीन परियारको उपचारमा सहयोगको याचना गरिएको छ । लामो समयदेखि बिरामी परियार हाल भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएको हो ।
आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समस्या भएपछि उहाँका आफन्तजनले ‘नवीन परियार बचाऔँ अभियान’ सुरु गरेका छन् । अभियानमार्फत स्वदेश तथा विदेशमा रहेका सहयोगी मनकारी व्यक्तिहरूसँग आर्थिक सहयोगका लागि अपिल गरिएको छ ।
अभियानका अनुसार परियारको उपचार खर्च जुटाउन गरिमा विकास बैंकमा दुर्गे दमाईको नाममा खाता खोलिएको छ । खाता नम्बर ०२१०१९०११८४९३१०००००१ मा रकम जम्मा गरेर सहयोग गर्न सकिने जनाइएको छ ।