ताजा अपडेट
भगवती कोत मन्दिरमा राँगोको मार हान्न करिब पाँच लाखको बोलकबोल !
- 18 दिन अगाडि
- १५ आश्विन २०८२, बुधबार
म्याग्दी १५ असोज : म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) करिब रु पाँच लाखको बोलकबोल भएको छ । गयराती भएको कालरात्रीमा खुला बढीबढाउमा रघुगंगा गाउँपालिका–२ नांगनांगी निवासी भगवान खत्रीले सबैले भन्दा बढी रु चार लाख ९२ हजार रकम कबोल गरी... पुरा पढ्नुहोस
दसैँको उल्लाहस छाउँदै, चिटिक्क पर्दै गाउँघर
- 22 दिन अगाडि
- ११ आश्विन २०८२, शनिबार
दसैँ नजिकिएसंगै गाउँघरमा चाडपर्वको रौनक बढेको छ । नेपालीहरुले दसैँ तिहार लगायतका पर्वहरुलाई विशेष महत्व दिने भएकाले रोजगार, व्यवसाय र अवसरका लागि देश विदेशमा पुगेकाहरु समेत गाउँ फर्कन थालेका छन् । अधिकाँश समय सुनसान भएका गाउँघरमा दसैँको आगमन संगै उल्लाहस छाउन थालेको रघुगंगा गाउँपालिका– ७ चिमखोलाका याम रोकाले बताउनुभयो ।... पुरा पढ्नुहोस
चन्दा सहयोग जुटाएर ऐतिहासिक ताकमकोत मन्दिर पुनर्निर्माण
- 22 दिन अगाडि
- ११ आश्विन २०८२, शनिबार
म्याग्दी । रु एक करोडभन्दा बढी चन्दा सहयोग जुटाएर म्याग्दीको धौलागिरी गाउँपालिका–७ मा रहेको ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनर्निर्माण भएको छ । जगन्नाथ अन्नपूर्ण कोष तथा व्यवस्थापन समितिले धार्मिक र ऐतिहासिक महत्वको पर्यटकीय सम्भावनायुक्त ताकमकोतमा रहेको अन्नपूर्ण–जगन्नाथ मन्दिर पुनर्निर्माण गरेको हो । विसं १२४६ देखि १५४५ सम्म तत्कालीन थापा राजाले राज्य सञ्चालन... पुरा पढ्नुहोस
मुख्ययाममै सुनसान म्याग्दीका पर्यटकीयस्थल
- 23 दिन अगाडि
- १० आश्विन २०८२, शुक्रबार
म्याग्दी, असोज १०-मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला भएका छन् । ‘जेनजी पुस्ता’को आन्दोलन, राजधानी काठमाडौसँग जोड्ने नारायणघाट–मुग्लिन र मुग्लिन–काठमाडौँ सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित भएको बेनीका... पुरा पढ्नुहोस
सहकारीका प्रबन्धकहरुका लागि सामाजिक सुरक्षा कोषबारे अभिमुखीकरण
- 24 दिन अगाडि
- ९ आश्विन २०८२, बिहीबार
म्याग्दी र पर्वतका विभिन्न सहकारीहरुका प्रबन्धकहरुलाई सामाजिक सुरक्षा कोषको बारेमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीले सहकारीका कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षा कोषमा सहभागीता बनाउने उदेश्यले आयोजना गरेको कार्यक्रममा सामाजिक सुरक्षा कोष शाखा कार्यालय बुटवलका प्रमुख केदार पौडेलले सहजिकरण गर्नुभएको थियो । उहाँले सहकारी... पुरा पढ्नुहोस
म्याग्दी जेसीजद्धारा “सफा नोट : हाम्रो अठोट” सचेतना
- 26 दिन अगाडि
- ७ आश्विन २०८२, मंगलवार
म्याग्दी ७ असोज । म्याग्दी जेसीजले दसैँको अवसर पारेर नेपाली नोटको सुरक्षा र सरसफाइमा सचेतना अभिबृद्धि गरेको छ । दसैँको टिकाको दिनमा दक्षिणा आदान प्रदानमा अबिर लगाउँदा नोटको सुरक्षा नहुने भएकाले मंगलवार बेनीमा सचेतना फैलाउने कार्यक्रम गरिएको हो । नोटलाई सुरक्षित बनाउनका लागि रंग, अविर नलगाउन, स्टिज नगर्न र सुरक्षित... पुरा पढ्नुहोस
मौवाफाँटमा शान्ति सुरक्षा र अपराध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न
- 26 दिन अगाडि
- ७ आश्विन २०८२, मंगलवार
म्याग्दी, ७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्वन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको सहआयोजना र रघुगंगा गाउँपालिकाको आयोजनामा मंगलवार सम्पन्न कार्यक्रममा सहभागीहरुले चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने र अपराधिक गतिविधि नियन्त्रणमा स्थानीय तह, समुदाय... पुरा पढ्नुहोस
चौबीस जनाले धवलागिरि आरोहणका लागि अनुमति लिए
- 26 दिन अगाडि
- ७ आश्विन २०८२, मंगलवार
म्याग्दी । सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । चौबीस जना पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार धवलागिरि... पुरा पढ्नुहोस
दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, म्याग्दीका महावीर पुनलाइ शिक्षामन्त्रीकाे जिम्मेवारी
- 27 दिन अगाडि
- ६ आश्विन २०८२, सोमबार
काठमाण्डाै ६ असोज । सुशीला कार्की नेतृत्वकाे सरकारमा दाेस्राे पटक मन्त्रीपरिषद विस्तार भएकाे छ । प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दा विभिन्न मन्त्रालयको जिम्मेवारी हेरफेर गरियो, जसमा केही मन्त्रीलाई थप जिम्मेवारी दिइयो। प्रधानमन्त्री कार्कीले अझै ९ मन्त्रालय आफैसँग राख्नुभएकाे छ भने मन्त्रिपरिषद्लाई पूर्णता दिन बाँकी छ। दोस्रो पटक असोज ६ गते प्रधानमन्त्री... पुरा पढ्नुहोस
कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
- 27 दिन अगाडि
- ६ आश्विन २०८२, सोमबार
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीको काली पुल बसपार्कमा सोमबार यात्रु सहायता कक्ष स्थापना भएको छ । स्थल मार्गबाट म्याग्दी भित्रने नाकामा रहेको काली पुल बसपार्कदेखि म्याग्दीबाट लामो तथा छोटो दूरीका यातायातका साधनहरू सञ्चालन हुन्छन् ।चाडपर्व नजिकिँदै गर्दा यात्रुलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयले बसपार्कमा रहेको ट्राफिक कार्यालय परिसरमा सहायता कक्ष... पुरा पढ्नुहोस