ताजा अपडेट

रोजगारको शिलशिलामा भारतको चेनै पुगेका म्याग्दीका रुद्र केसी दुईहप्ता देखी सम्पर्कविहिन

  म्याग्दी, १३ माघ । रोजगारको शिलशिलामा भारतको चेनै पुगेका रघुगंगा गाउँपालिका– २ भगवतीका रुद्रबहादुर केसी दुईहप्तादेखि सम्पर्कविहिन हुनुभएको छ । केसी माघ १ गतेदेखि चेनैको महेन्द्र सीटीबाट सम्पर्क विहिन भएको घरपरिवारले जनाएका छन् । ५१ बर्षिय केसी दशैँमा घरविदा आएर कात्तिक १ गते भारतमा फर्कनुभएको थियो । परिवारको सम्पर्कमा... पुरा पढ्नुहोस

नवनियुक्त मन्त्री जुग्जालीलाई गृहजिल्लामा सम्मान, पर्यटन मार्फत समृद्धिको ढोका खुल्ने विश्वास

बेनी, १३ माघ । गण्डकी प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुदर जुग्जालीलाई गृहजिल्ला म्याग्दीमा स्वागत तथा सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीले नव नियुक्त मन्त्री जुग्जालीको स्वागत एवम् सम्मानमा शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री जुग्जालीले पर्यटनको विकास मार्फत समृद्धिको ढोका खुल्ने बताउनुभएको छ ।... पुरा पढ्नुहोस

अनेरास्ववियू म्याग्दीको अध्यक्षमा मिलन खत्री

  बेनी, १२ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन म्याग्दीको अध्यक्षमा मिलन खत्री चयन भएका छन् । अनेरास्ववियू म्याग्दीको विहिबार बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको २० औँ जिल्ला अधिवेशनबाट खत्री अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । कमिटिको उपाध्यक्षमा सुनिता बेल्बासे, सचिवमा खुमबहादुर किसान, उपसचिवमा... पुरा पढ्नुहोस

माघ १५ देखि वडास्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने

  बेनी, १२ माघ । आगामी आइतबार माघ १५ गतेदेखि म्याग्दीमा वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट अभियान शुरु गर्न लागेको हो । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बेनी नगरपालिकाको १०... पुरा पढ्नुहोस

कालीगण्डकी नदीको शालीग्राम (शिला) अयोध्या पठाईयो

  म्याग्दी, १२ माघ । विश्वमै दुर्लभ शालीग्राम पाइने एकमात्र नदी कालीगण्डकी नदीको २ थान शिला हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या हस्तान्तरण गरिएको छ। भारतको अयोध्यामा निर्माणधिन राम मन्दिरमा राख्ने रामललाको मुर्ति निर्माण गर्नका लागि विहिबार २ थान शिलालाई गलेश्वर मन्दिरबाट पुजाआजा गरेर पठाईएको छ । बुधबार क्रेनबाट दूई शिलालाई... पुरा पढ्नुहोस

दरवाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

  दरवाङ, ११ माघ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा तेस्रो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र... पुरा पढ्नुहोस

दोवामा अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

  बेनी, १ माघ । अन्नपूर्ण गाउँपालिका–१ दोवामा बुधबार तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कवड्ी र भलिबलको ३० वटा इभेन्ट्मा ९० वटा... पुरा पढ्नुहोस

मन्त्री चुमान र जुग्जालीले कार्यभार सम्हाले

  पोखरा, ११ माघ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले बुधबार बिहान कार्यभार सम्हाल्नु भएको छ । मन्त्री जुग्जालीले राष्ट्रिय वनको व्यवस्थापन तथा वन पैदावार संकलन र बिक्री वितरण सम्बन्धी प्रदेशगत रणनीतिक योजना... पुरा पढ्नुहोस

तातोपानीमा ग्लोवल आइएमई बैंकको एक्सटेन्सन काउण्टर संचालन

  म्याग्दी, ११ माघ । म्याग्दीको बेनी नगरपालिका–४,तातोपानीमा ग्लोवल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर संचालन गरिएको छ। पश्चिम भागमा बसोबास गर्ने जनतालाई लक्षित गर्दै तातोपानी बजारमा बुधबार ६३ औं एक्सटेन्सन काउण्टर औपचारिक रुपमा बेनी नगरपालिकाका मेयर सुरत केसीले शुभारम्भ गरेका हुन् । काउण्टरको उदघाट्न गदैं बेनी नगरपालिकाका मेयर सुरत... पुरा पढ्नुहोस

माओवादी केन्द्र बेनी नगरको विस्तारित बैठक

  बेनी, ११ माघ । नेकपा (माओवादी केन्द्र) बेनी नगर कमिटिको विस्तारित बैठक मंगलबार बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ । बैठकले गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएका म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित जिल्ला संयोजक रेशम जुग्जाली, प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित हरिबहादुर भण्डारी, राष्ट्रिय... पुरा पढ्नुहोस