बेनी बजारमा जोगी नाच प्रर्दशन

  • २२ भाद्र २०८०, शुक्रबार
  • धिरन खत्री
  • 333 पटक पढिएको

 

म्याग्दी, २२ भदौ । म्याग्दीको सदरमुकाम बेनीबजारमा नेवार समुदायले लोपोन्मुख जोगी नाच प्रर्दशन गरेका छन् । नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्ह: पूच: हरुले (युवा) बर्खे नाच अन्तरगतको जोगी नाच प्रर्दशन गरेका हुन् ।

बर्खेनाच अन्तरगत आर्कषक मानिएको जोगी नाचमा शिव, पार्वती, जोगीका विभिन्न रूपमा कलिला बालक देखी युवाहरुले ताण्डप नृत्य सहित बजार परिक्रमा गर्छन् ।

नाच प्रर्दशनसंगै शिव, पार्वती र जोगिहरुले घर घर पुगेर भिक्ष मागेर मंकाखलको लागि आर्थिक संकलन गर्ने प्रचलन रहेको नेपाल भाषा मंकाखल अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । जोगी नाचको मुख्य उद्देश्य भनेको आर्थिक संकलन गर्ने रहेको हुन्छ् ।

संस्कृति संरक्षणमा यूवापुस्ताको पनि आर्कषण बढेको पुर्व अध्यक्ष श्रेष्ठले भन्नुभयो । विधि अनुसार नाच प्रस्तुत गरेमा बर्षभरि कुलको सुरक्षा हुने विश्वास समेत रहेको छ ।

हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर तिज पर्वसम्म बेनी बजारमा लाखे नाच, घोडा नाच, गाईजात्रा सपारु, श्रीकृष्ण रथयात्रा, गोरु नाच, रोपाई नाच, धानको बाला नाच देखाउदै आएका छन् ।

  

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l