घतानमा कार्यकर्ता प्रवेश गराउदै माओवादी केन्द्रको टोल भेला सम्पन्न

  • २३ भाद्र २०८०, शनिबार
  • 291 पटक पढिएको

 

म्याग्दी, २३ भदौ । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीले टोलस्तरको कार्यकर्ता भेटघाटलाई तिव्रता दिएको छ । जनतासँग माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्तरगत शनिबार बेनी नगरपालिका वडानम्वर ९ स्थित घतानमा टोल भेलामार्फत नयाँ कार्यकर्तालाई पार्टी प्रवेश गरार्ईएको थियो ।

टोलभेलामार्फत पार्टीमा प्रवेश गर्ने नयाँ कार्यकर्तालाइ गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारी, पार्टीका बेनी नगर कमिटी अध्यक्ष शेरबहादुर केसीले खादा र माला लगाएर स्वागत गर्नुभएको थियो ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने मुल नाराका साथ सञ्चालित अभियान अन्तरगत टोल वा समुदायका कार्यकर्तासंग भेटघाट कार्यक्रम अन्तरगत घतानमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य भण्डारी, माओवादी केन्द्र बेनी नगर कमिटीका अध्यक्ष शेरबहादुर केसी, सचिव एवम् वडानम्वर ९ का ईन्चाज ज्ञानेन्द्र सुवेदी, वाईसियल म्याग्दीका अध्यक्ष सन्दिप खत्री, पार्टीका सदस्य गणेश सुवेदी लगायत नेताहरुको उपस्थित रहेको थियो ।

टोल भेलामा बोल्ने नेताहरुले माओवादीको विरासतलाई सधै जोगाई राख्न सबैले आआफ्नो ठाउँमा सक्रिय भएर लाग्न आग्रह गर्नुभएको थियो ।