अखिल क्रान्तिकारी म्याग्दीको सम्मेलन आयोजक समितिको संयोजकमा सन्दिप खत्री

  • २२ भाद्र २०८०, शुक्रबार
  • 301 पटक पढिएको

 

बेनी, २२ भदौ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारी म्याग्दीको सम्मेलन आयोजक समिति गठन भएको छ ।

बेनीमा शुुक्रबार भएको संगठनको म्याग्दी जिल्ला कार्यालयको विस्तारित बैठकबाट सन्दिप खत्रीको संयोजकत्वमा ५१ सदस्यीय १८ औ जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको हो ।

बैठकले म्याग्दीका क्याम्पस र शैक्षिक संस्थाहरुमा संगठन पुुर्नगठन अभियान चलाउने र छिट्टै जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।

अनेरास्ववीयू क्रान्तिकारीका गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेल, नेकपा माओवादी केन्द्रका विद्यार्थी फ्याक्सन ईञ्चार्ज कुशल पौडेल, वाईसियल म्याग्दीका अध्यक्ष एवम् अखिल क्रान्तिकारी म्याग्दीका पूर्व अध्यक्ष सन्दिप खत्री लगायतको उपस्थितिमा बैठक बसेको थियो ।

पौडेलद्धयले विद्यार्थीका समस्या पहिचान गरि त्यसको समाधानका लागि पहल कदमी लिदै सदस्यता र संगठन विस्तारमा जोड दिनुुभयो ।