बेनीमा अन्तर मावि छात्रा फुटबल प्रतियोगिता सुरु

  • २३ भाद्र २०८०, शनिबार
  • धिरन खत्री
  • 369 पटक पढिएको

 

म्याग्दी, २३ भदौ । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा दोस्रो अन्तर मावि छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ ।
न्यू दोभान युथ क्लवले पूर्व अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा आयोजना गरेको ‘९ ए साईड’ फुटबल प्रतियोगिताको उद्घाटन बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले गुर्नभएको हो ।


१० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेता र उपविजेताले क्रमश ४५ हजार र २५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने क्लवका उपाध्यक्ष विनोद घर्तिले जानकारी दिनुभयो । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उतकृष्ट खेलाडी र गोलरक्षकलाई तीन हजार रुपैयाँ र अनुशासित टिमलाई ५ हजार रुपैयाँले पुरस्कार प्रदान गरिने छ ।


उद्घाटन खेलमा बेनी सामुदायिक माविले बेनी बोर्डिङलाई ९–० गोल अन्तरले पराजित गरेको छ । २६ गतेसम्म संचालन हुने छात्रा फुटबल प्रतियोगिता हेर्न खुल्लामञ्चमा दर्शको भिड लागेको छ।


क्लव अध्यक्ष उपेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर लामिछानेसंगै, वडानम्वर ७ का वडाअध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला फुटवल संघका अध्यक्ष कुमार केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा उपाध्यक्ष विनोद घर्तिको स्वागत, सदस्य सुमित श्रेष्ठको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l