ताजा अपडेट

कालीगण्डकी नदीमा १५२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुँदै

  म्याग्दी, २० भदौ । आइएमई समूहद्वारा प्रवद्र्धित तिप्ल्याङ्ग–कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत् खरिद विक्री सम्झौता सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र तिप्ल्याङ्ग–कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलवार नेपाल विद्युत् प्राधिकरणमा आयोजित एक कार्यक्रमका बीच उक्त खरिद विक्री सम्झौतामा हस्ताक्षर गरेका हुन् । अहिले... पुरा पढ्नुहोस

विकासका लागि साझा अवधारणा बनाएर अघि बढौँ– मन्त्री जुग्जाली

म्याग्दी, १९ भदौ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले म्याग्दीको विकासका लागि साझा अवधारणा बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ५० औं बार्षिकोत्सवको (स्वर्ण जयन्ती ) उद्घाटन गर्दै म्याग्दीका जनताको चाहना अनुसार योजनाबद्ध विकास गर्नका लागि पूर्व र वर्तमान जनप्रतिनिधिहरुसहित जिल्लाका अगुवाहरुको... पुरा पढ्नुहोस

रेडक्रस म्याग्दीको स्वर्ण जयन्ती मनाईयो

म्याग्दी, १९ भदौ । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती ) विविध कार्यक्रम गरी मनाएको छ । प्रभातफेरी प्रश्चात मंगलबार बेनीस्थित नेपाल भाषा मंका: खलको सभाहलमा भएको रेडक्रसको ५० औँ बार्षिकोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले गर्नुभएको थियो । कार्यक्रममा रेडक्रस... पुरा पढ्नुहोस

कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामाः गृहमन्त्री श्रेष्ठ

मुस्ताङ,१९  भदौ  । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन्। गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बस्तीको आज स्थलगत निरीक्षण गर्दै उनले भने- ‘ऐतिहासिक पर्यटकीय तीर्थस्थल कागबेनीको बस्ती पुनर्निर्माणको कामलाई सरकारले महत्त्वका... पुरा पढ्नुहोस

दरबाङमा पाँच शैया क्षमताको अस्पताल संचालन

  म्याग्दी, १९ भदौ । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र एवम् मालिका गाउँपालिकाको मुकाम दरबाङ बजारमा सोमबार दरबाङ आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले पाँच शैया क्षमताको उक्त आधारभूत अस्पतालको उद्घाटन गर्दै अस्पतालको क्षमता विकासका साथै विशेषज्ञ चिकित्सक सहितको सेवा आवश्यक रहेको... पुरा पढ्नुहोस

मोना जापानको आयोजनामा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न

कमल बानियाँ जापान १८ भदाै ।  म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जापानको आयोजनामा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएँको छ । मोना आईसीका सचिव एबम मोना कोरियाका अध्यक्ष सुनेश केसी र उहाकी धर्मपत्नीलाई स्वागत गरिएको हो । सस्थाका नवनिर्वाचित अध्यक्ष बिसाल केसी, मोना आईसीका बरिष्ठ उपाध्यछ ददिवल खड्का , मोना... पुरा पढ्नुहोस

अस्पतालचोकमा सार्वजनिक जग्गामा बनेका कच्ची संरचना भत्काइयो

म्याग्दी, १८ भदौ । बेनी नगरपालिकाले सार्वजनिक जग्गामा बनाइएका अतिक्रमित संरचनालाई हटाउन थालेको छ । बेनीको कालिपुलमा सार्वजनिक जग्गामा बनाइएका संरचना हटाएर बसपार्क विस्तार र विरेन्द्रचोकका अस्थायी संरचना हटाएर सडक विस्तार गरेको बेनी नगरपालिकाले बेनी बजारभित्रका अतिक्रमित जग्गाको खोजी गर्न थालेको हो । सोमबार बेनी नगरपालिका–८ अस्पताल चोकमा सार्वजनिक जग्गा... पुरा पढ्नुहोस

मन्त्री र साँसदलाई भाङ्ग्रा लगाएर सम्मान (तस्बिर)

बेनी, १८ भदौ (रासस) ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जाली र प्रदेश सभा सदस्य हरि बहादुर भण्डारी तथा वडा सचिब कुलप्रसाद आचार्यलाई परम्परागत पोशाक भाङ्ग्रा(गादा) लगाएर सम्मान गर्दै स्थानीयबासी । भाङ्ग्रा स्थानीय स्तरमा घाँस दाउँरा गर्न जाँदा समेत सहयोगी मानिन्छ... पुरा पढ्नुहोस

एघार वर्षपछि चार पाङग्रे सवारी चालक लाइसेन्सको आवेदन खुुल्यो

म्याग्दी, १८ भदौ : म्याग्दी लगायत साविक धौलागिरी क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा एघार वर्षपछि पुनः चारपाङग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन संकलन हुन थालेको छ । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हट्ने भएको छ । यातायात व्यवस्था... पुरा पढ्नुहोस

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन (एगा) को २० औ साधारणसभा सम्पन्न

पोखरा, १७ भदौ । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको २० औं वार्षिक साधारणसभा एक कार्र्यक्रमका बीच सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा)ले पर्यटकलाई उपहार लैजानका लागि नेपालको चिनारी झल्काउने किसिमका समानहरू तयार गरी ठूलो योगदान गरेको बताउनुभयो । कोरोना... पुरा पढ्नुहोस