ताजा अपडेट

म्याग्दीका दुई खेलाडि तेक्वान्दो राष्ट्रिय खेलमा छनौट

हालै पोखरामा सम्पन्न भएको ९ औं क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट म्याग्दीका दुईजना खेलाडि तेक्वान्दो राष्ट्रिय खेलका लागि छनौट भएका छन् । तेक्वान्दोका टिपेन पुन र इच्छा राईले पोखरामा रजत पदक जित्दै राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएको खेल प्रशिक्षक राजकुमार परियारले जानकारी दिए । ५२ केजीमा टिपेन पुन र ४६... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा सहयोग

राकेश शर्मा म्याग्दी, २३असार ।बेनी नगरपालिका ८ का एक दम्पतीले छोरीको जन्म दिनको अवसरमा बाल गृहलाई विहिबार सहयोग गरेका छन् । सागर गबुर्जा र बेबीना गबुर्जाको छोरी बिसीकाको २ बर्ष पुरा भएको अवसर पारेर सहयोग गरेका हुन । करिब साढे पाँच हजार बराबरको खाद्यान्न चामल, दाल र खाजाको सामान सहयोग... पुरा पढ्नुहोस

चट्याङ लागेर भेडामा आर्थिक क्षती व्यहोरेका गुर्जाका किसानलाई क्षतिपुर्ती

म्याग्दी, २२ असार । म्याग्दीको सबैभन्दा दुर्गम धौलागिरी गाउँपालिका–१ गुर्जामा गत बर्ष चट्याङ लागेर भेडाहरु मरेपछि ठुलो आर्थिक नोक्सानी व्यहोरेका किसानलाई जिल्ला पशु सेवा कार्यालयले क्षतिपूर्ति उपलब्ध गराएको छ । गत बर्ष साउन ३१ गते गुर्जाको पुरानो बुकी लेकमा रहेको भेडीगोठमा चट्याङले ९५ वटा भेडा मरेका थिए । चट्याङ लागेर... पुरा पढ्नुहोस

रुममा दलित सचेतनामुलक प्रशिक्षण

म्याग्दीको मालिका गाउँपालिका–२ र ३ रुममा दलित लक्षित समुदायको लागि विनियोजन भएको बजेटबाट दुई दिने दलित सचेतनामुलक प्रशिक्षण कार्यक्रम विहिवार सम्पन्न भएको छ । दलित एकता सञ्जालका अध्यक्ष समबहादुर विकको अध्यक्षता, भुपेन्द्र नेपालीको सञ्चालन र यामबहादुर विकको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संयुक्त राजनितिक दलित संघर्ष समितिका संयोजक... पुरा पढ्नुहोस

थासाङको कोवाङमा बृहत सरसफाई

मुस्ताङ,२२,असार । ‘हिमालपारी जिल्ला मुस्ताङको अभियान,पूर्ण सरसफाईमा लगाउ सबैको ध्यान’ भन्ने उद्घोष सहित १० वटा स—साना गाउँहरु मिलेर बनेको साविकको कोवाङ गाविस हालको थासाङ गाउँपालिका वडा नं.२ मा बिहिवार बृहत सरसफाई भएको छ। वडालाई पूर्ण प्रदुषणमूक्त बनाउँने उद्देश्यले थासाङ गाउँपालिका वडा नं.२ ले कोवाङले सरसफाई अभियान संञ्चालन गरेको हो ।... पुरा पढ्नुहोस

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा म्याग्दीका नहकुल सुवेदी बढुवा

म्याग्दी, २२ असार । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा म्याग्दीका नहकुल सुवेदी बढुवा भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले न्यायपरिषदको सिफारिस अनुसार सुवेदीलाई सर्वोच्चको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार जस्तो गरिमामय पदमा म्याग्दीको रघुगंगा गाउँपालिका–२ निवासी नहकुल सुवेदी नियुक्त भएका हुन्् । सुवेदी... पुरा पढ्नुहोस

तोरिपानीमा टिम्मुर खेती विस्तारको लागि विरुवा बितरण (फोटो फिचर)

म्याग्दी, २२ असार । म्याग्दीको बेनी नगरपालीका– ९ तोरीपानीका कृषकलाई टिम्मुर खेती विस्तारका लागि बिहीबार बिरुवा वितरण गरिएको छ । टिम्मुर खेतीको अवस्था, समस्या र सम्भावनाको विषयमा सरोकारवालाहरुबीच छलफल समेत भएको छ । ब्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा म्याग्दी उद्योग वाणिज्य संघले चार हजार टिम्मुरका बिरुवा उपलब्ध गराएको हो... पुरा पढ्नुहोस

बागलुङमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बागलुङ, असार २२ गते । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा बिहीबार बिहान जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । रेशदेखि बागलुङ सदरमुकाम आउँदै गरेको ध१ज १८८ नंको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी काठेखोला गाउँपालिका–७ का २५ वर्षीय लालबहादुर थापा र सोही ठाउँका आठ वर्षीय दीपक कार्कीको ज्यान गएको... पुरा पढ्नुहोस

सेवा विस्तारमा टेलिकमः ‘बावियाचौर र तिब्ल्याङमा थ्रीजि’

म्याग्दी, २१ असार । नेपाल टेलिकमले म्याग्दीका विभिन्न स्थानमा टावर निर्माणसँगै सेवा विस्तार गरेको छ । रघुगंगा गाउँपालिकाको पाखापानी, अन्नपूणको दाना, धवलागिरिको ताकममा नयाँ टावर निर्माण भएपछि दर्जन भन्दा बढी बस्तीमा सेवा विस्तार भएको हो । ती ठाउँहरुमा यसअघि मोवाइलमा टावर नआउने, कुरा गर्दा बीचमा काटिने जस्ता समस्या थियो ।... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी २१ असार । पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ दानाको काभ्रेभिर, लाटोखोला, जलथले र भुरुङ तातोपानीमा खसेको पहिरोका कारण बुधबार बिहानदेखि सडकको पोखरेबगरदेखि घासाँ खण्ड अवरुद्ध बनेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका स्थानीय... पुरा पढ्नुहोस