कर्मचारी युनियनले मनायो २८ औँ स्थापना
- २० भाद्र २०७४, मंगलवार
- 2677 पटक पढिएको
मयग्दी, २० भदौ । नेपाल निजामति कर्मचारी युनियन संघ म्याग्दीले आफ्नो २८ आँै स्थापना दिवस नेपाल बाल संगठन म्याग्दीमा रहेका अनाथ बालबालिकाहरुलाइ खाद्यान्न वितरण लगायतका विविध कार्यक्रम गरेर मनाइएको छ । नेपाल निजामति कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष लिलानाथ पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले नागरिकको सेवा पाउने अधिकारलाइ पहिलो प्रथामिकतामा राखेर तटस्थ र निष्पक्ष रुपमा सेवा प्रबाह गर्न सबै निजामति कर्मचारीलाइ आग्रह गरेका छन् ।
सो अवसरमा बेनी अस्पताल विकास समितिका अध्यक्ष माधव प्रसाद रेग्मी, बाल संगठनका सभापति नेत्र बहादुर बहादुर महत, रघुगंगा गाँउपालिका उपप्रमुख कमला तिलिजा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा स्थानीय तह निर्बाचन २०७४ मा निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरिएको थियो ।
साथै, नेपाल निजामति कर्मचारी युनियन संघमा नबप्रबेशी कर्मचारीहरुलाइ प्रमुख अतिथी र अध्यक्षबाट खादा र अबिर लगाइ स्वागत समेत गरिएको कार्यक्रमको सञ्चालन नेपाल निजामति कर्मचारी युनियन संघका जिल्ला कार्य समिति सदस्य कुल प्रसाद आचार्य र स्वागत आधिकारिक ट्रेड युनियनका जिल्ला उपाध्यक्ष डिल्लीराम रेग्मीले गरेका थिए ।