ताजा अपडेट

अनेरास्ववियु म्याग्दीद्धारा अपांगता भएका बालबालिकालाई न्यानो कपडा वितरण

म्याग्दी, ८ माघ । एमाले निकट अनेरास्ववियु म्याग्दीले बाल जागृती आधारभुत बिधालयमा अध्यनरत २२ जना बौद्धिक अपाङ्गता भयका बिद्यार्थी लाई न्यानो कपडा वितरण गरेको छ । श्रीपन्चमी अर्थात सरस्वती पुजाको दिन अनेरास्ववियूले रु १० हजार बराबरको न्यानो कपडा बितरण गरेको जनाएको छ।  बेनिका विभिन्न फेन्सी पसल हरुमा स्विइटर, ज्याकेट, टोपी... पुरा पढ्नुहोस

घार स्वास्थ्य चौकी भवनको शिलन्यास

म्याग्दी, ८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ घारमा स्वास्थ्य चौकी भवन शिलन्यास गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमका बिच वडा अध्यक्ष कृष्ण प्रसाद बरुवाल, जग्गादाता रुपा बरुवाल र गोविन्द खड्काले संयुक्त रुपमा भवनको शिलन्यास गर्नुभएको हो । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष ठकराज बरुवालको अध्यक्षतामा भएको... पुरा पढ्नुहोस

म्याग्दीलाई साक्षर जिल्ला घोषणा (फोटो फिचर)

म्याग्दी, ८ माघ ।म्याग्दीलाई आज साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कुल जनसंख्या मध्ये ९६ दशमलब २७ प्रतिशत नागरीक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्ला अनौपचारिक शिक्षा समिति एवम् जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको एक समारोहका बिच... पुरा पढ्नुहोस

अग्नी पीडित सुवेदी परिवारलाई दिदीवहिनीको एघार हजार सहयोग

म्याग्दी, ८ माघ । पर्वतको जलजला ७ धाइरिङ सल्यानका आगलागी पीडित इन्द्रमणि सुवेदीको परिवारलाई बेनीमा रहेको दिदीवहिनी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग उपलब्ध गराएको छ । आर्थिक अवस्था कमजोरी रहेको सुवेदी परिवारको दुःखमा साथ दिनका लागि सहकारीले आर्थिक सहयोग गरेको सहकारीले जनाएको छ । सोमवार सहकारीको कार्यालयमा कार्यक्रमको... पुरा पढ्नुहोस

मंगला गाउँपालीकाद्धारा खेलाडी र कलाकारलाई सम्मान

बेनी ८माघ । बेनीमा आईतबार सम्पन्न छैठौ म्याग्दी महोत्सवको अवसरमा आयोजित स्थानीय तह स्तरीय पुरुष महिला भलिबल र खुल्ला लोक दोहोरी गित प्रतियोगिताको उपाधि जितेको मंगला गाउँपालीकाले खेलाडी र कलाकारहरुलाई सम्मान गरेको छ । बेनीमा एक कार्यक्रमको आयोजना गरेर महिला र पुरुष भलिबल टिम तथा गाउँपालीकाको तर्फबाट लोक दोहोरी प्रतियोगितामा... पुरा पढ्नुहोस

आठ करोडको कारोबार गर्दै छैठौ म्याग्दी महोत्सव सकियो

म्याग्दी ७ माघ आठ करोड रुपैयाको कारोबार गर्दै आईतबार बेनीमा छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्योगीक, ब्यापारीक प्रर्दशनी आईतबार सकिएको छ । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र... पुरा पढ्नुहोस

लोकदोहोरी गित प्रतियोगितामा मंगला गाउँपालिका बिजयी (भिडियो सहित)

  म्याग्दी, ७ माघ । छैटौँ म्याग्दी महोत्सवको अवसरमा आईतवार बेनीमा सम्पन्न खुला लोकदोहोरी गित प्रतियोगितामा मंगला गाउँपालिका बिजयी भएको छ । महोत्सवको मुख्य आकर्षकको रुपमा रहेको लोकदोहोरी गित प्रतियोगिताको फाइनलमा बेनीको सिर्जना मम रेष्टुरेन्टलाई पराजीत गर्दै मंगला गाउँपालिकाको कलाकारहरु बिजयी भएका हुन् । https://www.youtube.com/watch?v=D60nIpVeOzk प्रतियोगितामा बिजेतालाई नगद एक लाख... पुरा पढ्नुहोस

महिला भलिबलको फाईनलको रोमान्चक खेल (भिडियो सहित)

म्याग्दी, ७ माघ । छैठौ म्याग्दी महोत्सवको अवसरमा बेनीमा आयोजित स्थानीय तह स्तरीय भलिबल प्रतियोगितामा महिला तर्फ मंगला गाउँपालिका बिजयी भएको छ । खुलामञ्चमा आज भएको फाईनल खेलमा रघुगंगा गाउँपालिकालाई पराजीत गर्दै मंगला गाउँपालीका बिजयी भएको छ । https://www.youtube.com/watch?v=05Ivo6ZNE3Y&t=438s क्षेत्रीय खेलाडी रेविना घर्तिको कप्तानीमा रहेको मंगलाले चर्चित खेलाडी पवित्रा विसीको... पुरा पढ्नुहोस

जलजलाका जनप्रतिनिधिलाई भुकम्प पुननिर्माण सम्बन्धि अभिमुखीकरण

म्याग्दी ७ माघ । पर्वतको जलजला गाउँपालीकाका जनप्रतिनिधिहरुका लागि आईतबार मिलनचोकमा भुकम्पबाट क्षत्ती पुगेका निजी आवास पुननिर्माण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको भुकम्प पछिको पुननिर्माण आयोजनाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आयोजनाका डाक्टर योगेन्द्र रिजालले भुकम्प पछिको पुननिर्माणको अवस्था,... पुरा पढ्नुहोस

स्थानीय तह स्तरीय पुरुष भलिबलको फाईनलको रोमान्चक खेल (भिडियो सहित)

म्याग्दी, ७ माघ । छैठौ म्याग्दी महोत्सवको अवसरमा बेनीमा आयोजित स्थानीय तह स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ मंगला गाउँपालिका बिजयी भएको छ । खुलामञ्चमा आज भएको फाईनल खेलमा पुरुष भलिबलतर्फ बेनी नगरपालिकासंग भएको प्रतिस्पर्धामा सोझो तीन सेट नै आफ्नो पक्षमा पार्दै मंगला गाउँपालिका बिजयी भएको हो । https://www.youtube.com/watch?v=CjmKjtBdZuM&t=45s नेपाल प्रहरीको... पुरा पढ्नुहोस