डा. दयाराम सिमखडासंग जिल्लाका गणित शिक्षकहरुविच अन्तक्रिया

  • १२ फाल्गुन २०७४, शनिबार
  • dhiran
  • 2033 पटक पढिएको


म्याग्दी, १२ फागुन । म्याग्दी बेनीबजारमा शनिबार गणित विषयका लेखक डाक्टर दयाराम सिमखडासंठ जिल्लाका गणित शिक्षकहरुविच अन्तक्रिया भएको छ । प्याप्सन म्याग्दीको आयोजना र म्याग्दी पुस्तक ब्यवसायि संघ र सगुन स्टेशनरीको सहयोगमा एकदिने अन्तक्रिया कार्यक्रम आयोजना गरिएको हो ।


सरकारी तथा निजी विद्यालयमा अनिवार्य रुपमा पढाउदै आएको गणित विषयका लेखक डा. दयाराम सिमखडाले जिल्लाका सरकारी तथा निजी विद्यालयका उपस्थित ६० शिक्षकहरुविच गणित विषय पढाउदै आएका शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए । सो कार्यक्रमा सिमखडाले अनुभव आदानप्रदानले आफुमा भएको कमजोरी सच्याउने अवसर सिर्जना भएकोले सहज रुपमा कितावमा भएका समस्या राख्न आग्रह गरेका थिए । उनले गणित विज्ञमा नभएको र गणित सम्वन्धि सिक्दै गरेको बताए ।


सो कार्यक्रममा एलाइड पब्लिकेशनका दिपकराज उपाध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष जयराम सुवेदी, लगायतले लेखक सिमखडाको प्रशिक्षणले विद्यार्थीलाई अप्ठेरो मानिएको गणित विषयलाई शिक्षकले सजिलो विषयको रुपमा परिणत गर्न प्रेरणा प्रदान हुने मन्तव्य राखेका थिए । प्याप्सन म्याग्दीका अध्यक्ष कृष्णु सुवेदीको अध्यक्षता, पुस्तक ब्यवसायि संघका अध्यक्ष ठाकुरप्रसाद शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव हिरा पुनले गरेका थिए ।

 

dhiran