मुख्य मन्त्रि गुरुङलाई नेकपा एमाले म्याग्दीद्धारा सम्मान

  • १२ फाल्गुन २०७४, शनिबार
  • dhiran
  • 2493 पटक पढिएको


म्याग्दी, १२ फागुन। नेकपा एमाले म्याग्दीले एमाले केन्द्रिय सचिव तथा प्रदेश ४ का मुख्यमन्त्रि पृथ्वीसुब्वा गुरुङलाई पाटी कार्यालयमा भब्यसम्मान गरेको छ । सो कार्यक्रममा बोल्दै मुख्य मन्त्रि गुरुङले प्रदेशको समृद्धि शुन्यतामा रहेको हुदाँ आफ्नो क्षेत्रमा भएको आम्दानीको श्रोतसाधनलाई प्रयोग गरि रोजगारीको माध्यमा विकास गर्न कार्यकतालाई आग्रह गरेका थिए ।

समृद्धिको लागि प्रदेशले आवश्यक नीति तथा पुर्वाधार निर्माणमा साथ दिने प्रतिवद्धता ब्यक्त गरेका थिए । विकासका लागि जिल्लाको स्रोतसाधनलाई प्रयोग गर्न लगानी वातावरण सिर्जना गर्ने नीति निर्माणमा प्रदेश सरकार चिन्तित भएको बताए । जिल्लाको पर्यटन कृषि र जलस्रोतको पहुचँ बढाउन पुर्वाधार आवश्यक रहेको हुदाँ पाटीको झण्डा समाउने हातँले पुर्वाधार निर्माण लागि कुटोकोदालो समाउने दिन आएको बताए ।


देशमा कम्युनिष्ट पाटीको सरकार भएको हुदाँ सरकारको मन्त्रालयमा घुम्नेभन्दा जनताको घरदैलोमा भएको समस्या के छ, त्यो समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने पक्षमाा चिन्तित हुन सकेमा विकास संगै पाटी बलियो भएर जाने गुरुङले बताए । गाउँगाउँमा अस्पताल, विजुली, प्रविधियुक्त शिक्षा र पर्यटन प्रर्बद्धन, कृषि र जलस्रोतमा एक घर एक शियर लगानी गर्ने वातावरण बनाउनु प्रदेशको मुख्य काम भएको हुदाँ सबैले आफ्नो भुमिमा पसिना बगाएर मात्र समृद्धि अभियान पुरा गर्न सकिने धारण ब्यक्त गरेका थिए ।

गरिव जनतालाई भोकमा माछा होईन, माछा मार्ने जाल र सिप दिने प्रदेशको योजना रहेको हुदाँ सिपको लागि स्थानीय सरकार जिम्मेवार देखिनुपर्ने बताए । प्रदेश सरकारको दुईबर्षमा विजुली नपुगेको ठाउँमा विजुली पु¥याउने लक्ष रहेको हुदाँ यसको लागि सबैले जिम्मेवारी लिदै लगानी गर्न आवश्यक रहेको उनले बताए । त्यस्तै सम्मान कार्यक्रममा प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।
नेकपा एमाले जिल्ला उपाध्यक्ष तथा समन्वय समितिका सभापति देवेन्द्रबहादुर केसीको अध्यक्षता तथा स्वागत मन्तव्य र सचिव बालकृष्ण सुवदीको संचालन भएको सम्मान कार्यक्रममा प्रदेश सभा सदस्य नरदेवी पुन र पाटीका कार्यकताको उपस्थित रहेको थियो । त्यस्तै म्याग्दी उद्योग वाणिज्य संघलेपनि मुख्यमन्त्रि गुरुलाई सम्मान गरेको थियो ।

dhiran