Uncategorized

राष्ट्रपती रनिङशिल्डको राष्ट्रिय प्रतियोगितामा कराँतेतर्फ म्याग्दीका गर्वुजाले सहभागीता जनाउने

म्याग्दी, २० जेठ । राष्ट्रपती रनिङशिल्ड खेलकुदको राष्ट्रिय प्रतियोगितामा कराँतेतर्फ म्याग्दीका एक खेलाडीले सहभागीता जनाउने भएका छन् । पोखरामा सम्पन्न भएको प्रदेश नम्बर ४ को छनौट प्रतियोगितामा सहभागी म्याग्दीका कराँते खेलाडी मार्सल गर्वुजाले स्वर्ण पदक हात पार्दै राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने भएका हुन् । बेनी स्थित माउण्ट एभरेष्ट आवासीय माविमा... पुरा पढ्नुहोस

चन्द्रज्योती माविको ५९ औ वार्षिक उत्सव भब्य रुपमा मनाइयो

तुलप्रसाद पुन / खिवाङ १७ जेठ । धौलागिरी गाउँपालीका ४ खिवाङ स्थित चन्द्रज्योती माध्यमिक विद्यालयको ५९ औ वार्षिक उत्सव तथा ११ औ गणतन्त्र दिवसको अवसरमा आयोजित बिबिध कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।धौलागिरी गाउँपालिकाको आर्थिक सहयोग, हेम मावि स्रोत केन्द्रको संयोजन र विद्यालयको आयोजनामा मावि स्तरका विद्यार्थी र शिक्षकहरुबीच हाँजीरी... पुरा पढ्नुहोस

सामुदायिक बनद्धारा विद्यालयलाई रु ५० हजार सहयोग

बेनी १५ जेठ । बेनी नगरपालिका–२ खवरामा रहेको हंशबाहीनी आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । स्थानीय भसभसे सामुदायिक बन उपभोत्ता समितिले विद्यालयको शैक्षिक विकासको लागि रु ५० हजार सहयोग प्रदान गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनारायण घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको थियो ।... पुरा पढ्नुहोस

ब्रेनट्युमर रोगबाट पीडित कार्कीलाई रखाल समाज कोरियाद्धारा रु १ लाख ८० हजार सहयोग

म्याग्दी, ११ जेठ । ब्रेनट्युमर रोगबाट पीडित म्याग्दीको रघुगंगा गाउँपालिका – २ भगवतीका यामबहादुर कार्कीको उपचारको लागि कोरियामा रहेका राखुबासीले सहयोग गरेका छन् । रखाल समाज दक्षिण कोरियाले त्यहाँ रहेका राखुबासीहरुबाट संकलन गरेको रु १ लाख ८० हजार रकम पिडित कार्कीको आफन्तलाई उपलब्ध गराएका हुन् । काठमाण्डौ स्थित न्युरो अस्पतालमा... पुरा पढ्नुहोस

म्याग्दी घुम्न आउने पर्यटकलाई सुरक्षा दिलाउछु : प्रनाउ बुढामगर

म्याग्दी, १० जेठ । म्याग्दी नवआगन्तुक प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले म्याग्दी भ्रमण बर्षमाघुम्न आउने पर्यटकलाई सुरक्षा दिलाउने प्रतिवद्धता जनाएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा जिल्लाको पहिचान बोेकेको पर्यटकिय स्थलमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षा ब्यवस्थापनमा पहल गर्ने बताएका हुन् । म्याग्दी उद्योग... पुरा पढ्नुहोस

चिटिक्क दोबा गाउँ

अारन्तरिक तथा बाह्य पर्यटक जो पुग्दा र हेर्दा झट्ट मन लोभ्याउने गुचुप्प र चिटिक्क परेको दोवा गाउँ अन्नपुर्ण गाउँपालिका १ मा पर्छ । मगरबस्ती भएको सो गाउँ गाउँपालिकाको एकमात्र वडा हो । तस्विरः धिरन खत्री/अन्नपुर्ण,१४ बैशाख । पुरा पढ्नुहोस

रित्तिएका गोठथरीले पर्यटक लोभिदै

रामबहादुर थापा बागलुङ, १४ वैशाख । कुनै ताका किसानको जीविका धान्ने गोठथरी अहिले रित्तिएका छन् । पशुपालन र खेतीपातीले हराभरा हुने गाउँलेको मौसमी बासथलो अहिले उजाड देखिन्छन् । खरले छाएका गोठ जीर्ण छन्, बारी बाँझै पल्टिएको छ । महिनौँसम्म गोठथरी बस्ने किसान अहिले पाइलासम्म टेक्दैनन् । बरु प्रकृतिमा रमाउने पर्यटक... पुरा पढ्नुहोस

मिग्रौला पीडित मुदीका बम बहादुर पुन बचाउ अभियान सुरु

म्याग्दी,१० बैशाख । म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ती कोषले धौलागिरि गाउँपालिका वडा ४ मुदी निवासी मिग्रौला पीडित बमबहादुर पुन बचाउ अभियान सुरु गरेको छ । मिग्रौला पीडित भएका वडा सदस्य बमबहादुर पुनको पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि पुनको उपचार सफल बनाउन कोषले ‘बम बचाउ अभियान’ सुरु गरेकोे हो ।... पुरा पढ्नुहोस

बेनीमा स्थानीय तहका कर्मचारीलाई ‘सुत्र’ सम्बन्धि तालिम सुरु

म्याग्दी, २७ चैत । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली ‘सुत्र’ सम्बन्धित म्याग्दीका स्थानीय तहका कर्मचारीहरुलाई तालिम दिन सुरु गरिएको छ । युएसएआईडी र नेपाल सरकारको सहयोगमा कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीको आयोजनामा मंगलवारदेखि जिल्लामा रहेका ६ वटै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत र लेखा शाखाका कर्मचारीहरुलाई लेखा... पुरा पढ्नुहोस

नेपाली कथाको नयाँ मोड : पूर्वी कथा सङ्ग्रह

सानैदेखि साहित्यमाझ रुचि राख्ने भाइ श्रीकृष्ण भुसाल (घायलश्रीबाट परिचित) सँग म सानैबाट परिचित थिएँ । उनको साहित्यिक यात्रामा प्रकाशित पहिलो कृति “नवी नमुना”ले पनि पाठकको मन जितेको थियो । लामो समयको अन्तरालपछि प्रकाशित घायलश्रीको “पूर्वी” कथा सङ्ग्रह मलाई सप्रेम उपहार पठाएको भोलिपल्ट नै मनमा कौतुहल जागेर पढ्ने वसँे । व्यस्त... पुरा पढ्नुहोस