बास्तविक कृषकलाई खै अुनदान : ब्यावसायीक बाख्रापालनमा हिमलाल कार्की

  • १३ श्रावण २०७६, सोमबार
  • धिरन खत्री
  • 2601 पटक पढिएको

म्याग्दी, १३ साउन । जिल्लाको रघुगंगा गाउँपालिका– २ राखु पखटोलका हिमालाल कार्की बर्षौदेखि ब्यवसायिक बाख्रापालनमा छन् । परम्परागत रुपमा कृषि तथा बाख्रा पालनलाई निरन्तरता दिदै कार्कीले देनिकी खर्च चलाउदै आएका छन् ।


उनको गोठमा ४० ओटा बाख्रा छन् । दैनिकी कर्मचारी कार्यालय गएजस्तै दिनहुँ वनतिर बाख्रा चराउन जान्छन् । बेलुका लिएर आउछन् । उमेरले ६० बर्ष भइसके । उनले बाख्रापालन पेशा उनको पुख्यौली पेशा हो । उनले खेतीपातीसहित निरन्तर बाख्रापालन गर्दै आएका छन् ।


दिनुहँ उन्का साथीहरु परिवारको घरखर्च जुटाउन लागि विदेश जान्छन् । तर उनी सधै बाख्रापालन तथा कृषीमै लागेर परिवारको जीवनयापन गरिरहेका छन् ।
ब्यवसायिक बाख्रपालनालाई गुणात्मक रुपमा बृद्धि गर्ने आधारका लागि प्राविधिक तालिम र खोर ब्यवस्थापन कसरी गर्ने सम्वन्धी तालिम राज्यबाट नपाएको गुनासो सुनाए । परम्परागत रुपलाई परिवर्तन गरेर ब्यवासायिक रुपमा बाख्रापालनलाई बृद्धि गर्न सिप आवश्यक हुन्छ । तर बास्तविक कृषकलाई त्यो ब्यवस्था गर्न स्थानीय सरकार मौन रहेको उनले बताए ।


बर्खाको समयमा चरनको समस्या तथा विभिन्न रोगहरुले बाख्रालाई समातेको छ । तर स्थानीय सरकार नजिक भएपनि पशु कार्यालयमा कुनै औषधी छैन् । बेनी गएर ल्याउनुस लगाइदिन्छु भन्छन् कर्मचारी । कसरी हुन्छ ब्यवासायिक बाख्रापालन । निर्वाहमुखी रुपमा बाख्रापालनले घरखर्चमात्र चल्ने कार्कीले बताए ।
समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान भन्दै विभिन्न तालिम तथा अनुदान वितरण गर्ने तिन तहको सरकारले बास्तविक कृषकलाई समेट्न नसक्दा राज्यको सेवा सुविधा नक्कली कृषकले खादै आएका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l