विशेष

“एक वडा, एक योजना” सञ्चालन गर्न माओवादी केन्द्रको पहल

म्याग्दी २८ चैत । नेकपा (माओवादी केन्द्र) म्याग्दीले संघीय र प्रदेश सरकारका मन्त्रालयमा “एक वडा, एक योजना” सञ्चालन गर्न पहल थालेको छ । म्याग्दीका ४५ वटै वडामा संघिय र प्रदेश सरकारका एउटा मन्त्रालयबाट एउटा योजना भित्र्याउन माओवादी केन्द्रका नेताले नेतृत्व गरेको मन्त्रालयमा पहल थालीएको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले... पुरा पढ्नुहोस

चिमखोलामा ऐतिहाँसिक टोपा नाच प्रदर्शन (फोटो फिचर)

  म्याग्दी, २७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा भुमेपुजाको अवसरमा परम्परागत टोपा नाच प्रदर्शन गरिएको छ । भुमे र मण्डली पुजाको अवसरमा यहाँ परम्परागत रुपमा टोपा नाच देखाउने चलन रहेको छ । हरेक बर्षको चैत महिनाको अन्तिम उजेली मंगलवार गरिने भुमे र मण्डली पुजाको अवसरमा दोस्रो दिन हरेक टोलबाट... पुरा पढ्नुहोस

बेनीमा स्थानीय तहका कर्मचारीलाई ‘सुत्र’ सम्बन्धि तालिम सुरु

म्याग्दी, २७ चैत । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली ‘सुत्र’ सम्बन्धित म्याग्दीका स्थानीय तहका कर्मचारीहरुलाई तालिम दिन सुरु गरिएको छ । युएसएआईडी र नेपाल सरकारको सहयोगमा कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीको आयोजनामा मंगलवारदेखि जिल्लामा रहेका ६ वटै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत र लेखा शाखाका कर्मचारीहरुलाई लेखा... पुरा पढ्नुहोस

गुठी जग्गाको समस्या समाधान गर्न सांसद केसीद्धारा प्रदेश सरकारको ध्यानकर्षण

म्याग्दी २६ चैत । म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा रहेको गुठी जग्गाको समस्या समाधानको लागि प्रदेश साँसद विनोद केसीले प्रदेश सरकारको ध्यानकर्षण गराउनुभएको छ । म्याग्दीको प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित सांसद प्रदेश साँसद केसीले प्रदेश ४ को सोमबार बसेको संसद बैठकको शून्य समयमा बोल्दै रघुगंगा गाउँपालिका–२ भगवती र ३... पुरा पढ्नुहोस

मलेसीयामा ज्यान गुमाएका परियारको आफन्तका लागि बेनीमा करिब ५० हजार संकलन

म्याग्दी, २६ चैत । रोजगारीको शिलशिलामा मलेसीयामा रहेको क्रममा यहि चैत १२ गते ज्यान गुमाएका मालीका गाउँपालीका २ रुमका वुद्धी परियारको घरपरिवारको लागि बेनीमा आर्थिक सहयोग संकलन गरिएको छ । आर्थिक रुपमा विपन्न रहेका परियार परिवारमा किरीयाखर्च जुटाउन समेत कठिनाई भएको र उनको ५ वर्षिया छोरीको पठनपाठन र मृगौला रोगले... पुरा पढ्नुहोस

नरबहादुर उपचारका लागि जापानबाट आर्थिक सहयोग

म्याग्दी, २६ चैत । मजदुरी गर्ने क्रममा आँखाको ज्योती र एउटा हात गुमाएका बेनी नगरपालीका २ भकुण्डेका ५९ वर्षिय नरप्रसाद सुनारको उपचारका लागि जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सुनारको उपचारका लागि सञ्चालन गरेको अभियानमा जापानमा चिरिञ्जवी शाहको पहलमा १६ जनाले संकलन गरेको ४२... पुरा पढ्नुहोस

म्याग्दीका सहकारीको रु चार अर्ब लगानी

म्याग्दी, २६ चैत । म्याग्दी जिल्लाका सहकारी संस्थाले वार्षिक करीब रु चार अर्ब लगानी गरेका छन् । आर्थिक वर्ष २०७३७४ मा यहाँका सहकारीले रु तीन अर्ब ७० हजार ६५ लाख ७८ हजार लगानी गरेका बागलुङ सहकारी डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार म्याग्दीमा २१५ वटा सहकारी संस्था स्थापना भएकामा... पुरा पढ्नुहोस

चिमखोलामा परिवार नियोजन सम्बन्धि लोकगित प्रतियोगिता

म्याग्दी, २५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा परिवार नियोजन सम्बन्धि लोकगित प्रतियोगिता सम्पन्न गरिएको छ । स्थानीय मण्डली युवा क्लबले सञ्चालन गरेको भुमेपुजाको अवसरमा मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा दोस्रो चरणको कार्यक्रमको आयोजनामा महिला स्वास्थ्य स्वयमसेविकाहरु बिच उक्त प्रतियोगिता राखिएको हो । प्रतियोगितामा २ समुहका महिला स्वास्थ्य स्वयमसेविकाहरुले परिवार नियोजनाका... पुरा पढ्नुहोस

घारखोला जलविद्युत आयोजनाको निर्माण कार्य यस्तो छ ! (फोटो फिचर)

म्याग्दी, २४ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाको निर्माण सुरु भएको छ । म्याग्दी आईड्रोपावर प्रा.लिद्धारा निर्माण हुन लागेको यस आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको हो । घारको विरौटादेखि करिब ३ किलोमिटर पहुँचमार्ग (सडक) खनेको आयोजनाले सडकको स्तरोन्नतीको काम... पुरा पढ्नुहोस

म्याग्दीको पश्चिमी क्षेत्रलाई समेटेर एफ.एम सञ्चालन गरीने

म्याग्दी २४ चैत । म्याग्दीको पश्चिमी क्षेत्रलाई लक्षित गरेर एफ.एम रेडियो सञ्चालन गर्ने विषयमा शनिबार सो क्षेत्रका जनप्रतिनिधिहरुबीच छलफल भएको छ । मंगला गाउँपालिका २ सिमलचौर स्थित केडी कटेजमा धौलागिरि, मालिका र मंगला गाउँपालीकाका अध्यक्ष तथा उपाध्यक्षहरुको बैठकले एफ.एम रेडियो स्थापना र सञ्चालनको विषयमा सम्भाव्यत्ता अध्ययन गर्न एक समिति गठन... पुरा पढ्नुहोस