“म्याग्दीको इतिहाँस, संस्कृति र सम्पदा”प्रकाशन

  • १६ भाद्र २०७५, शनिबार
  • 3499 पटक पढिएको

बेनी १६ भदौ । प्राध्यापक डाक्टर कर्णबहादुर बानियाद्धारा लिखीत“म्याग्दीको इतिहाँस, संस्कृति र सम्पदा”नामको पुस्तक प्रकाशन भएको छ । त्रिभुवन विश्वविद्यालयमा लामो समय अध्यापन गराउनु भएका इतिहाँसमा विद्यावारिधी गर्नुभएका प्राध्यापक बानियाले म्याग्दी जिल्लाको ईतिहाँस, संस्कृति र सम्पदाको विषयमा अनुसन्धनात्मक लेखहरु सहितको पुस्तक प्रकाशन गर्नुभएको हो ।

पाँच वर्षको अध्ययनपछि विभिन्न तथ्यहरु संकलन गरेर तयार पारिएको पुस्तक म्याग्दीको इतिहास, संस्कृति र सम्पदाको बारेमा जानकारी लिन चाहनेहरुका लागि उपयोगी हुने बताइएको छ । पुस्तकमा प्राचिन, मध्य आधुनिक कालमा म्याग्दीको इतिहाँस, राजनितिक, प्रशासनीक, सामाजिक, आर्थिक, प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदाहरुको बारेमा उल्लेख गरीएको छ ।

म्याग्दीको बेनी नगरपालिका–५ पुला भिरमुनीमा जन्मीएर हाल भरतपुर महानगरपालिकामा बसोबास गर्दै आउनुभएका बानियाँले यसअघि पाल्पाको भगवती जात्रा, बानिया बंशको नालीबेली, पाल्पागौडा एक ऐतिहासिक अध्ययन, नेपालको ईतिहाँसमा उजिरसिङ थापाको योगदान, पाल्पाको इतिहाँस तथा संस्कृति र नेपाल राष्ट्र निर्माणमा बानिया बंशको योगदान नामको पुस्तक प्रकाशन गर्नुभएको थियो ।

बानियाँले यस पुस्तकमा २०१८ देखि २०६८ सम्मको म्याग्दीको आर्थिक, राजनैतिक र सामाजिक परिवर्तनको उतार चढाबलाई समेत उल्लेख गर्नुभएको छ ।