गाउँकै पाखो बारीमा समृद्धि खोज्दै युवा

  • १५ भाद्र २०७५, शुक्रबार
  • धिरन खत्री
  • 2639 पटक पढिएको


म्याग्दी, १५ भदौँ । घरखर्च चलाउन दैनिक सयौँ युवाहरु विदेश जाने क्रम बढिरहेको बेला एक युवा गाउँकै पाखो बारीमा समृद्धि खोजिहरेका छन् । केही समय विदेश बसेर स्वेदशमा फर्किएका रघुगंगा गाउँपालिका– २ एक्लीखेतका युवा बालकृष्ण केसीले आफ्नै पाखो खेतबारीमा निर्वाहमुखी खेतीलाई विस्थापित गर्दै ब्यवसायिक कृषि खेती सुरु गरेका छन् ।


छोटो समय विदेश, सदरमुकाममा किराना ब्यवसाय गर्दै आएका ३२ बर्षिय केसीले १८ लाख भन्दा बढी लगानीमार्फत खेतबारी किनेर गाउँमा ब्यवसायिक कृषि खेतीतर्फ लागेका छन् । खेतमा आधुनिक तरिकाले ५ सय विरुवा सुन्तला लगाएका छन् । भने माछापालन सगसंगै तरकारी खेती सुरु गरेका छन् । गाउँमा बर्षभरि काम गरेर ६ महिना खान नपुग्ने निर्वाहमुखी खेतीलाई परिवर्तन गर्न सकेमा आत्मनिर्भर बन्न सकिने केसीको भनाई छ । त्यसैले सुन्तलासंगै बेमौसमी तरकारी खेती र माछापालन सुरु गरेको बताए ।


लगानीमा धैर्यतासंगसगै मेहनत गर्न सकेमा विदेश आर्जन गर्न सकिने आम्दानी स्वदेशमा गर्न सकिने विश्वास उनले गरेका छन् । स्थानीय सरकारले कृषि, ब्यवसायममा लागेका युवाहरुलाई आवश्यक तालिम, सेवासुविधा, विमा र प्रोत्साहन जस्ता कार्यक्रमबाट ब्यवस्था गनुपर्दछ । देशको समृद्धि गाउँको खेतबारीमा भएको बताउदै केसीले राम्रो आम्दानीका लागि ब्यवसायिक खेतीतर्फ युवाहरु लाग्नुपर्ने बताए । छोटो समयमा राम्रो कमाईका लागि युवाहरु कोरीया, अमेरीका लगायतका विभिन्न देशमा जाने परम्परागत संस्कारलाई परिर्वतन गर्न स्थानीय सरकारले विभिन्न ब्यवसायिक कार्यक्रम ल्याउन पर्ने केसीले बताए । विदेशमा गएर गरिने मेहनत स्वदेशमा गर्न सके आम्दानीसंगै देशलाई आत्मनिर्भर बनाउन गाउँको खोरियालाई कोरिया बनाउन सुरु गरेको छु । उनले भने ।

गाउँमा निर्वाहमुखी धान र कोदो खेतीलाई विस्थापित गर्दै सुन्तला, केरा, माछापालन खेतीलाई प्राथमिकता दिन सकेमा खेतबारीको स्वरुप परिर्वतनसंगै गाउँका युवाहरुमा रोजगारीले दैनिकी परिर्वतन हुने देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l