बेनीमा सुर्या लाईफ ईन्सोरेन्स कम्पनीको शाखा उद्घाटन

  • १६ भाद्र २०७५, शनिबार
  • 1926 पटक पढिएको

म्याग्दी १६ भदौ । बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले ग्रहास्थ बिमा निती ल्याउन लागिएको बताउनुभएको छ । सुर्या लाईफ ईन्सोरेन्स कम्पनीको बेनी शाखाको शनिबार भएको उद्घाटन कार्यक्रममा अध्यक्ष चापागाईले बिमाको पहुँच विस्तारका लागि ग्रहास्थ बिमाको अवधारण अनुसार निती ल्याउन लागिएको जानकारी दिनुभयो ।निर्जीवन बिमातर्फ एक करोड सम्मको ग्राहस्थ बिमा भित्र पारेर न्युनतम प्रिमयम दरमा सम्पत्तीको बिमा गराउन सकिने ब्यवस्था मिलाउन लागिएको बताउनुभयो ।

 

 

 

 

 

 

 

 

 

“एउटै पोलीसीमा परिवारका सबै सदस्यको एकमुष्ठ बिमा गर्न सकिने ब्यवस्था सहितको निती ल्याउन लागेका छौ” अध्यक्ष चापागाईले भन्नुभयो “जोखिम कम र बचतको रुपमा परिचालन गर्न सकिनुका साथै परिवारका मुख्य व्यक्तिको निधन हुँदा उसमा आश्रीतले क्षत्तीपुर्ती पाए भने राहत मिल्छ । ”बिमाको फाईदाको बारेमा गाउँगाउँमा सन्देश प्रवाह गराउन र बिमीतको आम्दानीको स्तर हेरेर पोलीसी काट्न अभिकर्ताहरुलाई अध्यक्ष चापागाईले अनुरोध गर्नुभएको थियो । प्रिमीयम शूल्कमा पचहत्तर प्रतिशत अनुदान दिदाँ समेत बाली र पशु बिमा प्रभावकारी बन्न नसकेकोमा चिन्ता व्यक्त गर्दै चापागाईले कृषक स्तरमा यसको महत्वको बारेमा बुझाउन जरुरी भएको बताउनुभयो ।

नबुझिकन बिमा गर्दा कमको बिमा गरेर बढी दावी गर्ने समस्या देखिएकोप्रती सचेत हुन आग्रह गर्दै उनले बिमा दावी भुक्तानीमा कम्पनीले ढिलासुस्ती गरेको अवस्थामा उजुरी परेमा कारबाही गरिने स्पष्ट पार्नुभएको थियो । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बिमाको महत्वका बारेमा जनतालाई बुझाउन र प्रभावकारी बनाउन सुझाव दिनुभयो । बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले गैरजिवन बिमाको दावी भुक्तानीमा ढिलासुस्ती भएको गुनासो न्युनीकरणको पहल थाल्न अनुरोध गर्नुभयो ।

कम्पनीका कार्यकारी प्रमुख शिव पाण्डेको अध्यक्षता, बेनी शाखाका प्रबन्धक भरत रकालको सञ्चालन र कम्पनीको गण्डकी प्रदेशका निमित्त प्रमुख मिनबहादुर जिसीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघ म्याग्दीका सभापति बिमला गौचन र म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्माले मन्तब्य व्यक्त गरेका गर्नुभएको थियो । शाखा उद्घाटनका अवसरमा कम्पनीको सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत म्याग्दी जेसीजका सदस्यहरुको निशूल्क एक लाख पचास हजार रुपैया बराबरको म्यादी बिमा गरिएको थियो ।