विशेष
लायन्स क्लब बेनी मल्लाजद्धारा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना
- 6 बर्ष, 21 दिन अगाडि
- २५ फाल्गुन २०७६, आईतवार
म्याग्दी २५ फागुन । पर्वतको जलजला गाउँपालिका –६ भोटेडाँडा स्थित शान्ति आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पढ्ने बानीको विकास गराउने उद्देश्यसहित लायन्स क्लब अफ बेनी मल्लाज र मोनाराम फाउण्डेशनको सहयोगमा विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालय स्थापनाका लागि लायन्स क्लब र मोनाराम फाउण्डेशनले करिब रु एक लाख... पुरा पढ्नुहोस
म्याग्दी न्युज डटकमले मनायो चौथो बार्षिकोत्सव
- 6 बर्ष, 21 दिन अगाडि
- २५ फाल्गुन २०७६, आईतवार
म्याग्दी २४ फागुन । म्याग्दी न्युज डट्कमले आफ्नो चौथो बार्षिकोत्सव मनाएको छ । ग्लोबल म्याग्दी मिडिया प्रालीद्धारा संचालित म्याग्दी न्युज डटकमले शनिबार विविध कार्यक्रम गरी चौथो बार्षिकोत्वस मनाएको हो । म्याग्दी न्युज डट्कमको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । नगरप्रमुख श्रेष्ठले शुभकामना व्यक्त गर्नुहुँदैे म्याग्दी जस्तो सानो... पुरा पढ्नुहोस
जलविद्युत विकासको आधार : कालीगण्डकी प्रशारण लाईन कहिले ? (फाेटाे फिचर)
- 6 बर्ष, 22 दिन अगाडि
- २४ फाल्गुन २०७६, शनिबार
धिरन खत्री म्याग्दी २४ फागुन । म्याग्दी र मुस्ताङमा जलविद्युतको विकासको आधार तयार तयार हुन थालेको छ । यस क्षेत्रमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका निम्तीे कालीगण्डकी प्रशारण करिडोर अन्तर्गतको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन निर्माण गर्न लागिएको छ । निर्धारित समयमा आयोजनाको काम सम्पन्न नभएपनि अहिले यस... पुरा पढ्नुहोस
असफल विकासकाे नमुना : हिंडेर चार घण्टा, गाडीमा दिनभर
- 6 बर्ष, 22 दिन अगाडि
- २४ फाल्गुन २०७६, शनिबार
म्याग्दी, २३ फागुन । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ओमबहादुर पुन गाउँमा सडक पुगे पनि काम विशेषले सदरमुकाम बेनी आउन जान पैदलयात्रा गर्छन् । ‘हिउँदमा पानी र हिउँ नपरेका बेलामा मात्र गाडी चल्छ’, पुनले भने, ‘घुमाउरो बाटोमा गुडेरभन्दा सिधा छोटो बाटो हिंडेर छिटो पुगिन्छ ।’ सडकमा गाडी चढ्दा पूरै दिन लाग्ने तर... पुरा पढ्नुहोस
दुखुखोलामा निर्माण भएको मोटरेवल पुलको उद्घाटन (फोटो फिचर)
- 6 बर्ष, 1 महिना अगाडि
- ५ फाल्गुन २०७६, सोमबार
म्याग्दी ५ फागुन । म्याग्दीको मङ्गला र मालिका गाउँपालिकाको सिमाना दुखुखोलामा करीब एक दशकपछि निर्माण भएको मोटरेवल पुलको उद्घाटन गरिएको छ । बेनी–दरवाङ सडक अन्तर्गत दुखु खोलामा निर्माण भएको सो पुलको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सोमबार उद्घाटन गर्नुभएको हो । तत्कालीन जिविस अन्तर्गत सञ्चालित विकेन्द्रित... पुरा पढ्नुहोस
बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वेष्ट प्वाइन्टलाइ (फोटो फिचर)
- 6 बर्ष, 1 महिना अगाडि
- ४ फाल्गुन २०७६, आईतवार
म्याग्दी ४ फागुन । बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता न्यू वेष्ट प्वाइन्ट आवासीय मावि च्याम्पियन बनेको छ । म्याग्दीको सदरमुकाम बेनीमा आइतबार सम्पन्न बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २१ स्वर्ण, ९ रजत र ११ कास्यपदक प्राप्त गरी वेष्ट प्वाइन्ट च्याम्पियन बनेको हो । यसैगरी प्रतियोगितामा १६... पुरा पढ्नुहोस
दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी मंगला माविलाई
- 6 बर्ष, 1 महिना अगाडि
- ४ फाल्गुन २०७६, आईतवार
म्याग्दी ३ फागुन । मंगला गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय अन्तर मावि छात्र ÷ छात्रा दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी मंगला मावि बावियाचौरले हात पारेको छ । उपाधी सँगै विद्यालयले पचास नगद र शिल्ड प्राप्त गरेको छ । शनिबार सम्पन्न भएको प्रतियोगितामा मंगला माविले ११ स्वर्ण,१० रजत,१ कास्य... पुरा पढ्नुहोस
नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू म्याग्दीको एकता प्रकृया टुंगीयो
- 6 बर्ष, 1 महिना अगाडि
- ४ फाल्गुन २०७६, आईतवार
म्याग्दी ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू म्याग्दीले एकता प्रकृयालाई टुङ्गाएको छ । तत्कालिन दुई ठुला विद्यार्थी भातृ संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) बिच एकता भएपछि बनेको अनेरास्ववियूको जिल्ला कमिटीलाई शनिवार बसेको बैठकले पूर्णता दिएको हो । संगठनका केन्द्रिय सदस्य प्रकाश पौडेलको उपस्थितिमा जिल्ला संयोजक... पुरा पढ्नुहोस
जन्मदिनको अबसरमा रोकाद्धारा बिद्यार्थीलाइ सहयोग
- 6 बर्ष, 1 महिना अगाडि
- ३ फाल्गुन २०७६, शनिबार
म्याग्दी ३ फागुन । म्याग्दीकाली एफएममा कार्यरत लोकप्रीय संचारकर्मी समिर रोका मगरले आफ्नो जन्मदिनको अबसरमा बिद्यार्थीहरुलाइ सहयोग गर्नु भएको छ । म्याग्दीको बेनी नगरपालिका ५ बगुवाखोला स्थित बालजागृति आधारभुत बिद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका करिब ३० जना बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री खरिदका लागि बिद्यालयका प्रधानाध्यापक भक्त कार्कीलाइ रु ३ हजार प्रदान... पुरा पढ्नुहोस
बेनी नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटो फिचर)
- 6 बर्ष, 1 महिना अगाडि
- ३ फाल्गुन २०७६, शनिबार
म्याग्दी २ फागुन । म्याग्दी सदरमुकाम बेनीमा बेनी नगरपालिका स्तरीय अन्तरमावि दोस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । शुक्रवारदेखि सुरु भएको प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न २४ वटा विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाएका छन् । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले उद्घाटन गर्नुभएको हो । बेनीको खुल्ला मञ्चमा कार्यक्रमको उद्घाटन... पुरा पढ्नुहोस