क्यान म्याग्दीद्धारा बेनी अस्पताललाई स्यानिटाइजर सहयोग

  • २१ बैशाख २०७७, आईतवार
  • 1395 पटक पढिएको

म्याग्दी २१ वैशाख । कम्प्युटर एशोसियसन अफ नेपाल म्याग्दीशाखा द्धारा आइसीटि डे को अवसरमा बेनी अस्पताललाई स्यानिटाइटर सहयोग गरिएको छ । शाखाका अध्यक्ष बामदेव रिजालको रु ५ हजार बराबरको सहयोगमा अस्पताललाई स्यानिटाइजर सहयोग गरिएको हो ।


उक्त स्यानिटाइजर शनिबार बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाल लाई हस्तान्तर गरिएको संस्थाका सचिव लाल बहादुर कार्कीले जानकारी दिए । सचिब कार्की र सदिक्षा सुवेदीले अध्यक्ष कटुवाललाई स्यानिटाइजर हस्तान्तरण गरेका थिए ।