बेनीको क्वारेनटाईनमा सरसफाई सामाग्री र नुहाउने ब्यवस्था नभएको गुनासो (रिपोर्ट)

  • १९ बैशाख २०७७, शुक्रबार
  • 1527 पटक पढिएको

म्याग्दी १९ वैशाख । राजधानी काठमाडौ लगायत शहरी क्षेत्रबाट म्याग्दीमा आएकाहरुलाई क्वारेनटाईनमा राखिएको छ । जिल्ला स्थित सबै स्थानीय तहहरुले बाहिरबाट आएकाहरुलाई क्वारेनटाइनमा राखेका छन् । यस बिचमा बेनीमा बेनी नगरपालिकाले न्यु वेष्ट प्वाइन्ट आवसीय माविमा सञ्चालन गरेको क्वारेनटाईनमा बसेकाहरुले सरसफाई सामाग्रि र नुहाउने ब्यवस्था नभएको गुनासो गरेका छन् ।

क्वारेनटाइनमा बसेकाहरुले नियमित सरसफाईको लागि नुहाउने ठाउँ र सावुन समेत नभएको बताएका छन् । काठमाण्डौ लगायतका स्थानबाट आएका कतिपयहरु क्वारेनटाइन नबसेको र पहुँच नहुनेहरुलाई अनिवार्य क्वारेनटाइन बस्न लगाएको बताएका छन । काठमाण्डौमा उपचार गरि आएका बेनीका उदय श्रेष्ठले आफु विरामी भएको र घरमै होम क्वारेनटाइन बस्छु भन्दा समेत आफुलाई क्वारेनटाइनमा बस्न बाध्य पारेको गुनासो गर्नुभयो । म्याग्दीमा कोरोना रोकथाम र नियन्त्रणको लागि कमाण्ड पोष्टले गण्डकी प्रदेशबाहेकका स्थानबाट आउनेलाई अनिवार्य रुपमा क्वारेनटाइन राख्ने निर्णय गरेको छ । सोही बमोजिम स्थानीय तहहरुले बाहिरबाट आउनेहरुलाई क्वारेनटाइनमा राखेका छन् । यद्यपी पहुँच हुने र टाँठाबाठाहरु भने क्वारनेटाइन नबसेको पाईएको छ ।
भिडियो रिपोर्ट यहाँ प्रस्तुत छ ।