अन्तराष्ट्रिय मजदुर दिवसले नछोएका मजदुर (फोटो कथा)

  • १९ बैशाख २०७७, शुक्रबार
  • 1749 पटक पढिएको

बेनी (म्याग्दी) १९ वैशाख । अन्तराष्ट्रिय मजदुर दिवसको दिन आज सार्वजनिक विदा दिईएको छ । विहानैदेखि सामाजिक सञ्जालमा मजदुर दिवसको अवसरमा चम्कीला शुभकामना सन्देशहरु आइरहेका छन् । मन्त्री, सांसद देखि सबैका फेसबुक वालमा श्रमीकका लागि मिठा शुभकामना आइरहँदा म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी नदी नियन्त्रण योजनामा भने मजदुरहरु काम गर्न मै व्यस्त देखिन्थे ।

 

खासमा उनीहरु आफ्नै दिवसको दिनबारे बेखवर जस्तै थिए । नत उनीहरुले सामाजिक सञ्जालका मिठा शुभकामना पढ्न नै पाए, नत सार्वजनिक विदाले नै उनीहरुलाई छोयो । नियमित जस्तै उनीहरु पर्खाल लगाउने काममा व्यस्त देखिन्छन् । हरेक बर्ष मे १ मा पर्ने यस दिवसले बास्तविक मजदुरहरुलाई छुन सकेको छैन् ।
शब्द/ तस्बिरः कमल खत्री