लायन्स क्लब अफ बेनी महारानीको अध्यक्षमा श्रेष्ठ चयन

  • १७ बैशाख २०७७, बुधबार
  • 1675 पटक पढिएको

म्याग्दी १७ वैशाख । सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनि महारानी को अधिबेशन सम्पन्न भएको छ । लकडाउनको कारण औपचारिक कार्यक्रम नगरिकन गरिएको अधिवेशनबाट संगिता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

क्लबको प्रथम उपाध्यक्षमा रेस्मा श्रेष्ठ, द्धितिय उपाध्यक्षमा भिम कुमारी सूबेदी, तितृय उपाध्यक्षमा जुनु उदास, सचिबमा चन्द्र घले, कोषाअध्यक्षमा सरिता श्रेष्ठ, सहसचिबमा सुस्मिता श्रेष्ठ र सह कोषाअध्यक्षमा सिला श्रेष्ठ चयन हुनुभएको छ ।

त्यसैगरि तेल तुइस्टरमा संगीता श्रेष्ठ, स्पोर्ट डाइरेक्टरमा निर्मला श्रेष्ठ, हेल्थ डाइरेक्टरमा टकदेवी पुन, मेम्बरसिप डाइरेक्टरमा आसा शेरचन, एलसीआइ एफ संयोजकमा अर्पण श्रेष्ठ, पब्लिक रिलेसनसिप डाइरेक्टरमा दिलमायाँ पुन, रिपोटीङ डाइरेक्टरमा सारिका लामा चयन हुनुभएको छ ।