विशेष

प्रतिनिधी र प्रदेशसभा उमेद्वारका लागि माओवादीका १६ जनाको नाम सिफारिस

बेनी, २० भदौ । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनको उमेद्वारका लागि १६ जनाको नाम सिफारिस गरेको छ । यसअघिको जिल्ला समन्वय समितिको बैठकमा उमेद्वारको दावी गरेका नेताहरुको सोमबार बेनीमा भएको छलफलबाट प्रदेश कमिटिमा नाम सिफारिस गरेका हुन् । प्रतिनिधिसभा सदस्यमा... पुरा पढ्नुहोस

मानवताकाे सन्देश : सडकमा भेटाएको सुनको सिक्री फिर्ता

म्याग्दी २० भदौ । म्याग्दी सदरमुकाम बेनीमा एक युवतिले सडकमा भेडाएको सुनको सिक्रीलाई सामाजिक सञ्जाल मार्फत सम्बन्धीत व्यक्तिको खोजी गरि सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनुभएको छ । सोमबार विहान बेनी स्थित गणेशटोलको गणेशमन्दिरको सडकमा सुनको सिक्री फेला पार्नुभएकी रघुगंगा गाउँपालिका–२ भगवतीकी सजना केसीले आफुले सिक्री भेटाएको सम्बन्धमा प्रहरीलाई समेत जानकारी गराएर... पुरा पढ्नुहोस

म्याग्दीमा एमालेबाट प्रतिनिधिसभा उम्मेदवारमा हरिकृष्ण श्रेष्ठ सर्वसम्मत सिफारिस

म्याग्दी, २० भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले म्याग्दीले सर्वसम्मत रुपमा उम्मेदवारको सिफारिस गरेको छ । सोमबार बेनीमा सम्पन्न पार्टीको जिल्ला कमिटीको बैठकबाट निवर्तमान जिल्ला अध्यक्ष समेत रहनुभएका हरिकृष्ण श्रेष्ठलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउन सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । पुरा पढ्नुहोस

राखुका प्रकाश नेपाल गोल्डेन आइडलको भोटिङ राउन्डमा प्रवेश

  म्याग्दी २० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानीका प्रकाश सुनार पोखरामा जारी नेपाल गोल्डेन आइडल सिजन ८ को भोटिङ राउण्डमा प्रवेश गरेका छन् । बेनीमा एक होटलमा काम गर्दै आएका सुनार सानैदेखि गायनमा रुचि राख्दै आएका थिए । गायनमा प्रतिस्पर्धाको राष्ट्रिय प्रतियोगितामा अगाडी बढेका २० बर्षिय सुनारले अडिसन र... पुरा पढ्नुहोस

भजन कृर्तन (तस्बिर)

बेनी २० भदौ  : म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा भजन कृर्तन गाउँदै गरेका स्थानीय । पछिल्लो समय मौलिक कला, संस्कृतिको संरक्षणमा समुदायको अग्रसरता बढेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

म्याग्दीका कृषि पूर्वाधार संरक्षण र उपयोगविहीन

म्याग्दी २० भदाै । कृषिउपजलाई बजारीकरण, प्रशोधन र भण्डारणका लागि म्याग्दीमा निर्माण भएका पूर्वाधार संरक्षण र उपयोगविहीन बनेका छन् । ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका तरकारी, फलफूल र खाद्यान्न बालीलाई बजारीकरणमा सघाउने उद्देश्यले निर्माण भएका कृषिउपज, बीउ सङ्कलन केन्द्र र हाटबजारका पूर्वाधार बेवारिसे बनेका हुन् । कृषक सङ्गठित हुन नसक्नु,... पुरा पढ्नुहोस

अस्पताल भवन अलपत्र पार्ने निर्माण व्यवसायीको तस्विर टाँसेर विरोध

बेनी, १९ भदौ । ५० वेड क्षमतामा स्तरोन्नती सहित निर्माणधिन बेनी अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी र सरोकारवालालाई दबाब दिन निर्माण व्यवसायीको खोजी गर्न दबाब मुलक विरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघ म्याग्दीले अस्पतालको भवन अलपत्र पार्ने निर्माण व्यवसायी हराएको सूचना सहितको तस्विरलाई... पुरा पढ्नुहोस

एमालेमा प्रदेश सांसदको आकांक्षी उम्मेदवारका नाम सार्वजनिक

  म्याग्दी, १९ भदौ । नेकपा एमालेबाट आसन्न चुनावमा प्रदेशसभा सदस्यको उम्मेदवार बन्न २५ जना आकांक्षी देखिएका छन् । शनिबार प्रदेशस्तरी बैठकमा प्रत्यक्ष र समानुपातिक तर्फबाट उम्मेदवार बन्ने इच्छुकहरुले दावि प्रस्तुत गरेका हुन् । नेकपा एमालेबाट प्रदेश सभा (क) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण... पुरा पढ्नुहोस

प्रदेश स्तरीय महिला भलिबलमा म्याग्दी प्रथम

  म्याग्दी, १९ भदौँ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश स्तरीय छनौट खेलमा म्याग्दीको महिला भलिबल टिम च्याम्पियन भएको छ । पोखरामा जारी रहेको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा शनिवार भएको फाइनल खेलमा म्याग्दीले पर्वतलाई २–१ को सेटमा पराजित गरेको हो । यो संगै म्याग्दी लगातार ३ पटक... पुरा पढ्नुहोस

रघुगंगामा माओवादीले वडा स्तरमा संगठन विस्तार गर्ने

म्याग्दी, १८ भदौ । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका समितिले पालिकाभित्रमा संगठन विस्तार अभियान चलाउने भएको छ । शनिवार पार्टी कार्यालय मौवाफाँटमा बसेको पार्टीको विस्तारित बैठकले स्थानीय तह निर्वाचनको समिक्षा सहित आगामी निर्वाचनको रणनीति तय गर्दै पार्टीको संगठन विस्तार अभियान चलाउने निर्णय गरेको हो । बैठकले असोज महिनाभित्रमा पालिकाको ८... पुरा पढ्नुहोस