घनश्याम भुसालद्वारा एमाले परित्याग गरेकाे घाेषणा

  • २२ आश्विन २०७९, शनिबार
  • 377 पटक पढिएको

काठमान्डौ २२ असोज ।  नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् । एमालेले प्रतिनिधि सभाको उम्मेदवार नबनाएपछि एमाले नेता घनश्याम भुसालले एमाले छाडेको घोषणा गरेका हुन् ।    उनले शनिबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् । भुसाललले पाटीमा केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिता मौलाएको भन्दै एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै आएपनि अति भएकाले पार्टी परित्याग गरेको जनाएका हुन् ।‘मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ ।                                      तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु’, भुसालले भनेका छन् ।