एमाले म्याग्दीबाट प्रतिनिधिसभामा श्रेष्ठ, प्रदेशमा कटुवाल र गर्वुजा उम्मेदवार चयन

  • २२ आश्विन २०७९, शनिबार
  • 873 पटक पढिएको

म्याग्दी २२ असोज । मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा (एमाले)ले म्याग्दीको प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ , प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र प्रदेशसभा (ख) मा याम गर्वुजालाई उम्मेदवार बनाउने भएको छ । प्रतिनिधिसभामा एमाले म्याग्दीले पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका श्रेष्ठको एकल नाम सिफारिस गरेको थियो । श्रेष्ठ एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य समेत हुनुहुन्छ ।

प्रदेश सभा (क) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरु सन्तोष रावल, लोक भण्डारी, नारायण जिसी, हेमकुमारी पुन, शिवकुमार बरुवाल र प्रकाश पौडेललाई सिफारिस थियो । सिफारिस भएकामध्ये जिल्ला अध्यक्ष कटुवाललाई पार्टीले टिकट दिने निर्णय गरेको हो ।

त्यसैगरि प्रदेशसभा क्षेत्र (ख) को प्रत्यक्ष तर्फ प्रदेश कमिटी सदस्य रामचन्द्र गौतम, नेता यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यसोदा रोकालाई सिफारिस गरिएको थियो । सिफारिस भएकामध्ये यामबहादुर गर्वुजालाई पार्टीले टिकट दिने निर्णय गरेको छ ।

यी हुन् गण्डकीमा एमाले उम्मेदवारहरु:
कास्की-१
प्रतिनिधि सभा
मनबहादुर गुरुङ
प्रदेश सभा
खगराज अधिकारी र श्यामराज गुरुङ
कास्की-२
प्रतिनिधि सभा
बिद्या भट्टराई
प्रदेश सभा
मीन कार्की र मिना गुरुङ
कास्की-३
प्रतिनिधि सभा
दामोदर बैरागी
प्रदेश सभा
गणेशमान गुरुङ र राजिब पहारी
मनाङ
प्रतिनिधि सभा
पोल्देन छोपाङ गुरुङ
प्रदेश सभा टुंगो लाग्न बाँकी
लमजुङ
प्रतिनिधि सभा
पृथ्वी सुब्बा गुरुङ
प्रदेश सभा
कृष्ण अधिकारी र जमिन्द्रमान घले
मुस्ताङ
प्रतिनिधि सभा
प्रेम तुलाचन
प्रदेश सभा
चन्द्रमोहन गौचन र इन्द्रधारा बिष्ट
बागलुङ-१
प्रतिनिधि सभा
सुर्य पाठक
प्रदेश सभा
हिरा केसी र नवराज पौडेल
बागलुङ-२
प्रतिनिधि सभा
मन्जु चालिसे
प्रदेश सभा
प्रकाश घर्ति र लक्ष्मण पुन
नवलपुर-१
प्रतिनिधि सभा
कृष्ण पौडेल
प्रदेश सभा
रविन्द्र अधिकारी र रोसन गाहा मगर
नवलपुर-२
प्रतिनिधि सभा
तिलक महत
प्रदेश सभा
पद्मा बिसि र लक्ष्मण पाँण्डे
तनहुँ-१
प्रतिनिधि सभा
एक बहादुर राना
प्रदेशको सभा
राम बहादुर गुरुङ र पूर्ण बहादुर गुरुङ
तनहुँ-२
प्रतिनिधि सभा
किरण गुरुङ
प्रदेश सभा
केदार सिग्देल र श्यामराजा महत
गोर्खा-१
प्रतिनिधि सभा
राम शरण बस्नेत
प्रदेश सभा
सुरेन्द्र थापा र मोहन भट्ट
गोरखा-२
प्रतिनिधि सभा
अबुदुस मिया
प्रदेश सभा
राजु राना र बसन्त गुरुङ
स्याङजा-१
प्रतिनिधि सभा
नारायण मरासिनी
प्रदेश सभा
मिन प्रसाद गुरुङ र सुधिर पौडेल
स्याङजा-२
प्रतिनिधि सभा
पद्मा अर्याल
पर्वत
प्रतिनिधि सभा
पदम गिरी
प्रदेश सभा
भक्त कुवँर र मित्रलाल शर्मा
म्याग्दी
प्रतिनिधि सभा
हरिकृष्ण श्रेष्ठ
प्रदेश सभा
यम गर्बुजा र देबेन्द्र केसी