घनश्याम भुसाललाई पनि दिएन एमालेले टिकट

  • २१ आश्विन २०७९, शुक्रबार
  • 377 पटक पढिएको

काठमाण्डौ २१ असोज ।   नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावलपछि पूर्व उपमहासचिव घनश्याम भुसाललाई पनि टिकट दिएन । एमालेले रावलको क्षेत्रमा झपट बोहोरालाई टिकट दिएको छ भने भुसालको क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने भएको छ ।   एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विकलाई प्रदेशका सबै उम्मेदवारको टिकट दिएका छन् । जसमा भुसालको नाम छैन । एमाले स्रोतका अनुसार रुपन्देहीका ५ निर्वाचन क्षेत्रमध्ये १ मा छविलाल विकले पाएका छन् भने प्रदेशतर्फ क मा तालमेल र ख मा दधिराम न्यौपानेले टिकट पाएका छन् ।त्यसैगरी २ मा विष्णु पौडेलले टिकट पाउँदा प्रदेशतर्फ क मा लीला गिरी र खमा भोजप्रसाद श्रेष्ठले पाएका छन् । त्यसै गरी एमालेले रुपन्देही ३ मा तालमेल गर्ने भएको छ । प्रदेश क मा पनि तालमेल गर्ने एमालेले खमा तुलसीप्रसादलाई टिकट दिएको छ । त्यसै गरी ४ नम्बर क्षेत्रमा पनि एमालेले प्रतिनिधि सभामा तालमेल गर्ने भएको छ । ४ को क मा हजरत अली र खमा तालमेल गर्ने भएको छ । त्यसै गरी ५ नम्बर निर्वाचन क्षेत्रमा पनि एमालेले तालमेल गर्ने भएको छ । ५ नम्बरको प्रदेश क मा भूमिस्वर ढकाल भने ख मा पनि तालमेल गर्ने भएको छ । लुम्बिनीका २६ क्षेत्रमध्ये १९ मा एमालेले राखेर बाँकी ७ मा अन्य पार्टीसँग तालमेल गर्ने भएको छ ।