गठबन्धनबाट प्रतिनिधिसभामा काँग्रेसका गर्वुजा, प्रदेशसभामा माओवादीका जुग्जाली र भण्डारीको उम्मेदवारी दर्ता

  • २३ आश्विन २०७९, आईतवार
  • धिरन खत्री
  • 413 पटक पढिएको

म्याग्दी २३ असोज । सत्ता गठबन्धनबाट म्याग्दीमा नेपाली काँग्रेसका जिल्ला सभापति खम बहादुर गर्बुजा(खमबिर)ले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनुभएको छ ।


सत्ता गठबन्धनको तर्फबाट प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली ( सुविन) र प्रदेश सभा क मा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले मनोनयन दर्ता गर्न लाग्नुभएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l