आइतबार ‘१० बजेदेखि ५ बजेभित्रै मनोनयन दर्ता हुने

  • २२ आश्विन २०७९, शनिबार
  • 437 पटक पढिएको

 

म्याग्दी, २२ असोज । आईतबार हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जानकारी दिएको छ । मनोनयन दर्ता १० बजेदेखि पाँच बजेसम्म समयको तोकिएको समयमा गराइसक्न राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको छ। १० बजेदेखि पाँच बजेसम्म समय तोकिएको छ। समयभन्दा उता मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन नलिने मुख्य निर्वाचन अधिकृत कृष्णा प्रसाद नेपालले जानकारी गराएका छन् ।

 

शनिबार जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मनोनय दर्ता सम्वन्धी राजनीतिक दल र पत्रकार लगायतलाई जानकारी गराएको थियो । निर्वाचन आचारसंहिताको पालना गरेर मनोनयन दर्ता गराउन मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले दलहरूलाई आग्रह गरेका छन् । उम्मेदवारी दर्ता स्थलमा १० वटा पाटीको झण्डा र २५ जनाभन्दा बढीको जुलुस गर्न पाईने छैन् ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि निर्वाचन खर्चको सीमा तोकेको छ । निर्वाचन आयोगले म्याग्दीमा प्रतिनिधि सभा उम्मेदवारका लागि ३१ लाख रुपैयाँ र प्रदेशसभा सदस्य उम्मेदवारका लागि क निर्वाचन क्षेत्रमा २१ लाख रुपैयाँ र ख निर्वाचन क्षेत्रमा २३ लाख रुपैयाँ खर्च गर्न सकिने उल्लेख गरेको छ ।

तोकिएको रकमबाट मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठि, अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा वा विद्युतिय माध्यम सामाजिक सञ्जाल समेत, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषयमा खर्च गर्न सकिने जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी गराए ।

राजनीतिक दलले जुलुस आमसभा, कोणसभा वा भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई २४ घण्टा अघिनै कार्यक्रम हुने स्थान र समयको जानकारी गराउनुपर्ने उल्लेख छ । सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेद्वारको निर्वाचन चिन्ह् राख्न नहुने आचारसंहितामा उल्लेख छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदानको दिन सवारी सञ्चालन गर्न दिने तयारी भएको छ । निर्वाचन आयोगले अपाङ्ग, गर्भपति, ज्येष्ठ नागरिक लगायतका मतदातालाई मतदान स्थलसम्म सहज रुपमा पुग्नका लागि मापदण्ड अनुसार सवारी चल्न दिने भएको छ ।