म्याग्दीमा मनोनयन दर्ता धमाधम

  • २३ आश्विन २०७९, आईतवार
  • धिरन खत्री
  • 443 पटक पढिएको

म्याग्दी, २३ असोज । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा मनोनयन दर्ता सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयन दर्ता धमाधम गरेका छन् ।

नेकपा एमाले र राप्रपाले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ, प्रदेशसभा क मा देवेन्द्रबहादुर कटुवाल र प्रदेशसभा ख मा याम गर्वुजाले उम्मेदवारी दर्ता गरेका छन् । राप्रपा म्याग्दीबाट प्रतिनिधि सभा सदस्य पदमा केन्द्रिय सदस्य जगतप्रसाद गौचन र प्रदेश सभा सदस्यमा ख बाट मिठकुमारी थापाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

सत्ता गठबन्धनतर्फबाट प्रतिनिधि सभामा नेपाली कांग्रेस म्याग्दीका सभापति खमविर गर्वुजा र प्रदेश क र ख मा नेकपा माओवादी केन्द्रले टिकट पाएको छ । नेकपा माओवादी केन्द्रबाट प्रदेश क मा हरि भण्डारी र ख मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुविन जुग्जाली रेशम ले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
मनोनयन दर्ताको कार्य बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहनेछ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l