अबिरल बर्षाको कारण फुलवारीमा एक घर भत्कियो

  • २२ आश्विन २०७९, शनिबार
  • 433 पटक पढिएको

म्याग्दी २२ असोज । अबिरल बर्षाको कारण म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीमा एक घर भत्किएको छ । स्थानीय झिल्के भण्डारीको दुईतले घर बर्षाको कारण भत्किएको हो ।

आज विहान करिब ५ः ४५ बजेतिर भण्डारीको दुई तले घर पूर्ण रुपमा भत्किएको वडा सदस्य जितबहादुर खत्रीले जानकारी दिनुभयो ।विहानपख घर भत्किएको कारण मानविय क्षती हुनबाट जोगिएको छ । घर भत्कँदा घरभित्रका खाद्यान्न, लगायतका सामानमा भने ठूलो क्षति भएको छ ।