विशेष
मल्कवाङबाट बेनी बस सेवा सञ्चालन
- एक हप्ता अगाडि
- १५ मंसिर २०८२, आईतवार
म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ। सदरमुकाम बेनीबजारबाटयात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो। बसका धनी जगत दगामी मगर र चालक श्याम मिजारलाई स्थानीयले अबिर र माला लगाएर स्वागत गरेका छन्। धवलागिरि-५ मल्कवाङका वडाध्यक्ष अमर छन्तयालसहित... पुरा पढ्नुहोस
बेनी अस्पतालमा प्रदेश सरकारले एमजिडिपी डाक्टर हेमन्त बास्तोलालाई खटायो
- 8 दिन अगाडि
- १४ मंसिर २०८२, शनिबार
बेनी, १३ मंसिर : प्रदेश अस्पताल बेनीमा प्रदेश सरकारले शल्यक्रिया मार्फत गरिने प्रसुति र सर्जरीको पनि सेवा दिन सक्ने एमजिडिपी डाक्टर खटाएको छ । स्वास्थ्य मन्त्रालयको सिफारिसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले धौलागिरी अस्पताल बागलुङमा दरबन्दी भएका नवौ तहका डा. हेमन्त बास्तोलालाई प्रदेश अस्पताल बेनीमा मंसिर १० गते खटाएको हो ।... पुरा पढ्नुहोस
२३ औं जेसीजकप फुटबलको उपाधी केवि एकेडेमीलाई
- 8 दिन अगाडि
- १४ मंसिर २०८२, शनिबार
म्याग्दी ,१३ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न २३ औँ अन्तर मा.वि. जेसीजकप फुटवलको उपाधि केवि एकेडेमी दरबाङले हात पारेको छ । बेनीको खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा बेनी सामुदायिकमाविलाई १ का विरुद्ध ३ गोल गर्दै केवि एकेडेमीले उपाधी चुमेको हो । केवि एकेडेमीले पहिलो पटक जेसीजकपको उपाधी हात... पुरा पढ्नुहोस
गुर्जा समाज काठमाडौंले बेलीबृज पुलको लागि १० लाख सहयोग गर्ने
- 10 दिन अगाडि
- १२ मंसिर २०८२, बिहीबार
गुर्जाबाट काठमाडौं आई विभिन्न पेशा तथा व्यवसायमा आवद्ध गुर्जावासीहरुको साझा संस्था गुर्जा समाज काठमाडौंले गुर्जाको कम्जाखानी खोलामा निर्माण गरिने वेलिवृज पूलका लागि रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ । १० वर्ष पहिले गुर्जाको समृद्धिका लागि सकेको योगदान गर्ने उद्देश्यले स्थापित यस समाजका अध्यक्ष लिलमाया छन्त्यालको अध्यक्षतामा सम्पन्न... पुरा पढ्नुहोस
बेनीमा २३ औं अन्तर मा.वि. जेसीजकप फुटबल प्रतियोगिता सुरु
- 12 दिन अगाडि
- १० मंसिर २०८२, मंगलवार
म्याग्दी, ९ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा २३ औँ अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता सुरु भएको छ । मङ्सिर १३ गतेसम्म बेनीको खुलामञ्चमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न १९ विद्यालयले सहभागिता जनाएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्तीले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले विद्यालय तहमा... पुरा पढ्नुहोस
मंगलाको पर्यटकीय स्थल चाङ्गामा पत्रकार महासंघको घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम
- 12 दिन अगाडि
- १० मंसिर २०८२, मंगलवार
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा सोमबार मंगला गाउँपालिका–५, अर्मनको चाङ्गामा घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुमा पुगेर त्यहाँको सम्भावनाबारे प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित चाङ्गामा पर्यटन प्रवद्र्धनको कार्यक्रम गरिएको हो । पत्रकार महासंघ म्याग्दीले... पुरा पढ्नुहोस
पत्रकार राम्जाली मिडिया सोसाईटी अवार्डद्धारा पुरस्कृत
- 13 दिन अगाडि
- ९ मंसिर २०८२, सोमबार
म्याग्दी ८ मङ्सिर । म्याग्दीका पत्रकार साधन घर्ति(राम्जाली)लाई मिडिया सोसाइटी अवार्ड २०८२ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाईटीले स्थापना गरेको उक्त अवार्ड सोसाईटीको नवौँ साधारण सभाको अवसरमा प्रदान गरिएको हो । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको पर्यटकीय स्थल चाङ्गामा सोमबार आयोजित साधारणसभामा पत्रकार राम्जालीलाई पत्रकारिताको माध्ययमबाट जिल्लाको पर्यटन... पुरा पढ्नुहोस
२३ औं अन्तर मा.वि. जेसीज कप फुटबल प्रतियोगिताको तयारी पुरा
- 14 दिन अगाडि
- ८ मंसिर २०८२, आईतवार
म्याग्दी, ७ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा सञ्चालन हुन लागेको २३ औँ अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । आइतवार आयोजित पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्तीले मङ्सिर ८ देखि १३ गतेसम्म बेनीको खुलामञ्चमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । कक्षा... पुरा पढ्नुहोस
बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द , गर्भवती समस्यामा
- 14 दिन अगाडि
- ८ मंसिर २०८२, आईतवार
म्याग्दी । प्रदेश सरकारले समयमा चिकित्सकका व्यवस्थापनमा ध्यान नदिँदा जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पताल बेनीमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । अस्पतालको तथ्यांकअनुसार वार्षिक एक सय २० देखि एक सय ५० गर्भवतीले शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिँदै आएका छन् । यसबाट म्याग्दी ,मुस्ताङ... पुरा पढ्नुहोस
म्याग्दी जिल्लाबाट घलेम्दी हाईड्रो उत्कृष्ट करदाताको रुपमा सम्मानीत
- 16 दिन अगाडि
- ६ मंसिर २०८२, शुक्रबार
बागलुङ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा बागलुङमा उत्कृष्ट करदातालाई सम्मान गरिएको छ । आन्तरिक राजश्क कार्यालय बागलुङले दिवसको अवसरमा धौलागिरी क्षेत्रका चार उत्कृष्ट करदातालाई सम्मान गरेको हो । कार्यालयले म्याग्दी जिल्लाबाट घलेम्दी हाईड्रो लिमिटेडलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ । उक्त संस्थाले ५५ लाख ५६ हजार ६०... पुरा पढ्नुहोस