विशेष

मौरिस हर्जोग पदमार्गमा पर्यटक भित्र्याउन सक्रियता बढ्यो (फोटो फिचर )

कमल खत्री बेनी, ८ जेठ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ । नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्जोग ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थल लगायतका पर्यटन पूर्वाधार तयार भएपछि पदमार्ग हुँदै पर्यटकहरुको आगमन बढाउन गाउँपालिकाले प्रर्वद्धन अभियान सञ्चालन गरेको... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकमा सिधा यातायात सूचारु

म्याग्दी, ७ जेठ । पहिरो र बाढीले आज विहानदेखि अवरुद्ध रहेको बेनी– जोमसोम सडक सूचारु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा बाढीले कल्भट पुल, नौनीबगर र वडानम्वर ३ को दानाको गुईठेमा आएको पहिरोलाई डोजर परिचालन गरेर मर्मत गरेपछि सडक सूचारु भएको हो । सदरमुकाम बेनी हुँदै हिमाली जिल्ला मुस्ताङलाई... पुरा पढ्नुहोस

रेडक्रस, अर्थुङ्गे छाप उपशाखाको अधिवेशन सम्पन्न र जग्गादाता ध्रुवलाल शर्मा सम्मानित

म्याग्दी ७ जेठ । नेपाल रेडक्रस सोसाइटी, अर्थुङ्गे छाप उपशाखाको दोस्रो अधिवेशन भएको छ।अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । सभाको उद्घाटन गर्दै नगरप्रमुख सुरत के.सीले भुमीदान महादान भएको र रेडक्रसमा उच्च योगदान पुर्याएका जग्गादाता साहित्यकार ध्रुवलाल शर्माको उच्च प्रशंसा गर्दै शिवमाला संगैं दोसल्ला र प्रशंसापत्र हस्तान्तरण गर्नुभयो ।... पुरा पढ्नुहोस

अन्नपूर्ण आधार शिविरमा खेलकुद प्रतियोगिता (फोटो फिचर)

कमल खत्री बेनी ७ जेठ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको प्रचार प्रसारका लागि आधार शिविरमा विविध खेलकुद प्रतियोगिता सम्पन्न गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवद्र्धन गर्ने उदेश्यले ‘उच्च उँचाई खेलकुद प्रतियोगिता’ आयोजना गरेको हो । समुद्री सतहदेखि ४ हजार १९० मिटरको... पुरा पढ्नुहोस

मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान

  अन्नपूर्ण ५ जेठ । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रर्वद्धनका लागि जनप्रतिनिधि,... पुरा पढ्नुहोस

धौलागिरिको किर्तिमानी आरोहण गर्ने ८४ बर्षिया कार्लोसको सपना अधुरै

कमल खत्री म्याग्दी ४ जेठ । स्पेनका अनुभवी पर्वतारोही कार्लोस सोरियाले म्याग्दीमा अवस्थित संसारको सातौ अग्लो धौलागिरि हिमालको किर्तिमानी आरोहण गर्ने सपना अधुरो भएको छ । उमेरले ८४ बर्ष पुगेका कार्लोस म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका लागि गत चैत अन्तिम साता... पुरा पढ्नुहोस

बगर तातोपानी कुण्डमा पूर्वाधार अभाब

कमल खत्री बेनी, ४ जेठ । चक्रिय धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको बगरा तातोपानी कुण्डमा पूर्वाधार अभाब भएको छ । म्याग्दी नदीको किनार नजीकै प्राकृतिक रुपमा बग्ने तातोपानीको मुललाई संकलन गरिएको कुण्डमा स्नान गरि उपचार गराउन आउनेहरुको सख्ंया बढ्दै गएको र कुण्ड परिसरमा पूर्वाधारको अभाब भएपछि स्थानीय समस्यामा... पुरा पढ्नुहोस

मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

  म्याग्दी, ३ जेठ । धवलागिरी गाउँपालिका–४ मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बुधबार भवनको शिलन्याश गर्नुभएको हो। पाँच कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा रु. पचास लाख बिनियोजन भएको भवनको संरचना तयार पार्ने... पुरा पढ्नुहोस

आठ जना आरोहीले गरे धौलागिरि हिमालको सफल आरोहण

म्याग्दी ४ जेठ । म्याग्दीमा रहेको संसारकै सातौं अग्लो धौलागिरि हिमाल आठ जनाले आरोहण गरेका छन्। बुधबार धौलागिरि हिमालमा सेभेन समिट ट्रेक्सका पाँच जना र पाइएर एडभेन्चरमार्फत तीन जनाले आरोहण गरेका हुन्। पर्यटन विभागबाट यस वर्ष धौलागिरि आरोहणका लागि ११ जना महिलासहित ३५ जनाले अनुमति लिएका थिए। सेभेन समिट ट्रेक्समार्फत... पुरा पढ्नुहोस

बेनीका संस्थागत विद्यालयहरुलाई अनेरास्ववियुले माग्यो छात्रवृत्तिको विवरण

म्याग्दी ४ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बेनीका संस्थागत विद्यालयहरुमा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीको विवरण उपलब्ध गराउन माग गरेको छ । बुधबार अनेरास्ववियुका म्याग्दी जिल्ला अध्यक्ष मिलन खत्री नेतृत्वको टोलीले बेनीमा संचालनमा रहेको माउण्ट एभरेष्ट, बेनी बोर्डिङ्ग, लिटिल गार्डेन, बुद्ध एकेडेमी र न्यू वेष्ट प्वाइन्ट... पुरा पढ्नुहोस