युवाको हत्यामा संलग्न चार जना पक्राउ

  • १२ माघ २०८०, शुक्रबार
  • 8663 पटक पढिएको

घटनामा संलग्नताको आरोपमा पक्राउ परेकाको विवरण प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो। हत्यामा संलग्न धवलागिरि गाउँपालिका–४ का अमृत पुर्जा, शंकर घर्ती, रघुगंगा–७ का १९ वर्षीय उत्सव पुन र मंगला गाउँपालिका–२ का २३ वर्षीय जीवन जिसीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए।

ज्यानसम्बन्धी कसुर/मुद्दा शीर्षकअन्तर्गत जिल्ला अदालतबाट बिहीबारदेखि पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार छातीमा चक्कु प्रहार गरेर सख्त घाइते बनाइएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो।