धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दलको खाँचो ः एमाले महासचिब पोखरेल
- १२ माघ २०८०, शुक्रबार
- 267 पटक पढिएको
म्याग्दी १२ माघ । नेकपा (एमाले) का महासचिब शंकर पोखरलेले नेपालमा बलिया राजनीतिक दलको आबश्यकता रहेको बताउनुभएको छ । नेकपा (एमाले) म्याग्दीको दशौँ जिल्ला अधिवेशनलाई शुक्रवार बेनीमा सम्वोधन गर्दै नेता पोखरेलले मुलुकमा राजनीतिक स्थिरताका लागि धेरै राजनीतिक दल नभएर बलिया राजनीतिक दलको आबश्यकता रहेको बताउनुभयो ।
नेपाली समाजलाई अघि बढाउने पुँजीवाद र समाजवाद दुई वटा मात्रै बिषयमा छलफल आबश्यक रहेको बताउँदै उहाँले साना–साना दलको नाममा जनमत विभाजन हुँदा मुलुक निरन्तर अस्थिरतामा गएको बताउनुभयो । ‘‘साना दलहरुले राष्ट्र र समाजको सहि नेतृत्व गर्ने सामथ्र्य राख्दैनन्, तर उनीहरु जीत हार गराउने भूमिका खेल्छन, आज मुलुकमा भएको त्यहि हो’’–उहाँले भन्नुभयो ।
पुजीवादमा विश्वास राख्नेहरु काँग्रेसमा र समाजवादमा विश्वास राख्नेहरु एमालेमा गोठबद्ध हुन आबश्यक रहेमो नेता पोखरेलको भनाई थियो । उहाँले मुलुकले राजनीतिक अस्थिरता र अराजजकताको चुनौती सामाना गरिरहेको बताउँदै विभाजित जनमतकै कारण मुलुक विकास र समृद्धिमा अघि बढ्न नसकेको बताउनुभयो । बहुदल स्थापना भएको ३४ बर्षमा २८ जना बढी प्रधानमन्त्री भएको चर्चा गर्दै उहाँले नेपालको विकासमा राजनीतिक अस्थिरता नै प्रमुख कारक बनेको टिप्पणी गर्नुभयो ।
‘‘यो मुलक निर्माण गर्ने सामथ्र्य जनमतले दिएको छैन, एउटा प्रधानमन्त्रीले औषतमा सबा बर्ष काम गर्न पाएका छन्, यसले मुलुकलाई सहि ठाउँमा र जनताका जनजिविकाका मुद्धाहरुलाई उचित समयमा सम्वोधन गर्न सक्दैन’’–उहाँले भन्नुभयो । नेपाल ६ दशकसम्म निरन्तर एकात्मक राज्यसक्ता विरुद्धका संघर्षमा सामेल भएको उल्लेख गर्दै नेता पोखरलेले संविधान निर्माण पछि नेकपा एमालेलाई कमजोर बनाउँदा मुलुक पछि थकेलिएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीतर्फ लक्षित गर्दै उहाँले बामपन्थी सरकार ढालेर काँग्रेसका पछि लागेका दलहरुले समाजवाद स्थापना गर्न नसक्दो दावि गर्नुभयो । यतिबेला काँग्रेससं नीतिगत र राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने समयमा गठबन्धनका नाममा काँग्रेसको पछि लागेका दलहरुको भविश्य नरहेको उहाँले दावि गर्नुभयो ।
उहाँले एमालेको नेतृत्वमा मात्रै सामाजिक न्याय र लोककल्याणकारी राज्यको स्थापना सम्भव रहेको बताउनुभयो । नेता पोखरेलले केहि समातले पुरानाले केहि गर्न सक्दैनन नयाँ चाहिन्छ भनेर नेपालको राजनीतिलाई धमिल्याउन खोजेको टिप्पणी गर्नुभयो । ‘‘ सामाजिक सञ्जालमा कमाएको लोकप्रियताको भरमा राजनीतिमा सफल भइदैन, यो समाजलाई अलमलाउने काम मात्र हो, मुलुकलाई सहि निकास दिन त सहि विचार र दृष्टिकोण चाहिन्छ’’– उहाँले भन्नुभयो ।