एमाले म्याग्दीको नेतृत्व सर्वसम्मत : अध्यक्षमा बालकृष्ण सुवेदी
- १४ माघ २०८०, आईतवार
- 883 पटक पढिएको
म्याग्दी १४ माघ । नेकपा एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ जिल्ला कमिटी चयन भएको छ । बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । अधिवेशनमा सहमतिको आधारमा सर्वसम्मत रुपमा जिल्ला कमिटी चयन भएको हो ।
नबनिर्वाचित अध्यक्ष बालकृष्ण सुवेदीलाई अध्यक्ष मण्डलका अध्यक्ष एवम् नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ गराउनु भएको थियो । नवनिर्वाचित अध्यक्ष सुवेदीले प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै म्याग्दीमा सुदृढ अनि मजबुत एमाले बनाउदै अग्रपंक्तिमा आफ्नो उपश्थिति देखाउनका लागि आफूहरु कटिबद्ध रहने बताउनुभयो ।
कमिटीको उपाध्यक्षमा प्रमोद श्रेष्ठ, सचिवमा थमसरा पुन चयन हुनुभएको छ । त्यस्तै उप–सचिवमा खड्ग गिरी, र सतप्रसाद रोका चयन हुनुभएको छ ।
त्यसैगरी खुल्ला सदस्य ७ जना तर्फ राजेश शाक्य, बेगप्रसाद गर्बुजा, डम्बरबहादुर सापकोटा, अमृता भण्डारी, देउप्रसाद छन्त्याल, दिवा कुमारी तिलिजा पुन, गौमती रामजाली र देवी प्रसाद शर्मा चयन हुनु भएको छ । युवा सदस्य तर्फ सुनिता विश्वकर्मा, तारामान रोका, लक्ष्मण केसी, शिशिर शाही, प्रविण शाही, इश्वर सुवेदी, लक्ष्मी बुढाथोकी रोका, ज्ञानु कार्की, प्रकाश पौडेल, गौरी थापा मगर र खिमबहादुर चोखाल रहनुभएको छ ।
दलित सदस्य तर्फ शुवास बिश्वकर्मा, बलबहादुर बिश्वकर्मा, विष्णु कुमारी दमाई, बलबहादुर बि.क. र प्रतिक्षा रसाइली रहनुभएको छ । मजदुर तर्फ बलादेवी राई, अल्पसंख्यक तर्फ रेशम छन्त्याल, चन्द्रमान छन्त्याल निर्वाचित हुनुभएको छ ।
भुगोल तर्फ अन्नपुर्ण गाउँपालिकाबाट माइलन पुर्जा पुन, कृष्णबहादुर पुन, दिलिपकुामर गर्बुजा, देवकुमारी पुन, लक्ष्मी खड्का चयन हुनुभएको छ । त्यस्तै रघुगंगा गाउँपालिकाबाट बालकृष्ण कार्की, खिमबहादुर शाही, ओमबहादुर पुन, तेजकुमारी पुन नेकपा एमालेको जिल्ला कमिटीमा चयन हुनुभएको छ । बेनी नगरपालिकाबा भुगोल तर्फ नारायण शर्मा, टकसरा राना, राजेन्द्रकुमार श्रेष्ठ, नारायण कार्की, बेलबहादुर चोखाल, धनबहादुर रोका, किरण बानियाँ, विष्णुकुमारी गुरुङ, दिलबहादुर थापा मगर, दिपेन्द्र खत्री, लिलाराम गौतम, कृष्ण सिंह बानियाँ, मिना राम्जाली र पशुपती शाही चयन हुनुभएको छ ।
मंगला गाउँपालिकाबाट डिलकुमारी खत्री, प्रेमकुमारी अधिकारी, हिराबहादुर फगामी, जितबहादुर किसान, यसुदा रोका, शिव बिक, दिलबहादुर क्षेत्री, धनबहादुर खाती क्षेत्री, ऋषिकेश तिवारी चयन हुनुभएको छ । मालिका गाउँपालिकाबाट सागर शर्मा, बुद्धिबहादुर पुन, मनकुमारी पुन, विशाल अनुरागी, सिता कुमारी गुरुङ, कुलबहादुर घर्ती जिल्ला कमिटीमा प्रतिनिधित्व गर्नुभएको छ । त्यसैगरी धवलागिरी गाउँपालिकाबट दिनेश खत्री, देवबहादुर थापा, शान्त गर्बुजा, मदन मल्ल र गोरी बुढा चयन हुनुभएको छ ।
जिल्ला कमिटीको लेखा समिति संयोजकमा गोविन्द प्रसाद पौडेल र सदस्यमा कुलबहादुर थापा मगर निर्वाचित हुनु भएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत विवश क्षेत्रीले जानकारी दिनुभयो ।