एमाले म्याग्दीको दशौँ अधिबेशन बेनीमा सुरु (तस्बिर/भिडियो)

  • १२ माघ २०८०, शुक्रबार
  • 815 पटक पढिएको

म्याग्दी, १२ माघ । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशौँ जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । दुई दिनसम्म बेनीमा सञ्चालन हुने अधिवेशनले जिल्ला कमिटिको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको उद्घाटन अघि बेनीमा ¥याली गरिएको छ ।

 

 

बाजागाजा सहित विभिन्न नारा लगाउँदै अधिवेशनमा भाग लिन आएका प्रतिनिधि र अतिथि समेतको सहभागीतामा ¥याली आयोजना गरि बेनी बजार परिक्रमा गरिएको थियो ।दशौँ अधिवेशनका लागी “दक्षिणपन्थि अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं” भन्ने नारा रहेको छ । अधिवेशनको उद्घाटन सत्रलाई नेकपा एमालेको महासचिब शंकर पोखरेलले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । अधिवेशन जिल्ला समन्वय समितिको सभाहलमा भैरहेको छ ।