विशेष

पिप्लेका सुदिप बास्केटवल खेलमा चम्कदै, राष्ट्रिय छनौटको प्रतिस्पर्धामा

म्याग्दी २२ साउन । म्याग्दीको रघुगगा गाउँपालिका–३ पिप्लेका सुदिप कार्की बास्केटबल खेलमा राष्ट्रिय खेलाडिको रुपमा उदाएका छन् । २० बर्षका कार्की अहिले बास्केटबलको राष्ट्रिय टोलीमा छनौटको लागि प्रतिस्पर्धामा छन् । पिएन क्याम्पस स्नातक तह दोस्रो बर्षमा अध्ययनरत कार्की अहिले गण्डकी प्रदेश स्तरको प्रतिस्पर्धाबाट राष्ट्रिय टिमको लागि छनौटमा परेका हुन् ।... पुरा पढ्नुहोस

कटुवालको विकल्पमा “माइक रेडियो”

सन्तोष गाैतम बेनी २२ साउन । अन्नपूर्ण गाउँपालिका–७ औला गाउँको बिचमा गाडीएको फलामको टावरमा तीन वटा माइक तीन तिर फर्काएर राखिएको छ । ती माइकको आवाज नसुनिने तल्लो गाउँका लागि बस्ती तलको उत्तिसको रुखमा अर्को एक वटा माइक स्थाई किसीमले राखिएको छ । औला स्थित मण्डली आधारभूत विद्यालयको एक वटा... पुरा पढ्नुहोस

रघुगंगामा ‘छोरी पेवा बचत कार्यक्रम’ सुरु, छोरीलाई गाउँपालिकाको मासिक एक सय

कमल खत्री/ सन्ताेष गाैतम मौवाफाँट २१ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालबिवाह न्युनीकरण र बालिकाको शिक्षामा पहुँच बढाउनका लागि ‘छोरी पेवा वचत कार्यक्रम’ सुरु गरेको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा मंगलबार बसेको कार्यपालिका बैठकले “रघुगंगा छोरी पेवा बचत कार्यक्रम सञ्चालक कार्यबिधी” पारित गर्दै बुधबारदेखि जन्मने छोरीलाई मासिक एक सय... पुरा पढ्नुहोस

जिससद्धारा स्थानीय तहलाई ३ करोड ८० लाख वितरण

म्याग्दी, २१ साउन । जिल्ला समन्वय समिति म्याग्दीले जिल्लामा रहेका स्थानीय तहहरुलाई ३ करोड ८० लाख रुपैयाँ बजेट वितरण गरेको छ । आइतबार सम्पन्न चौथो जिल्ला सभाले जिसस कोषबाट बेनी नगरपालिकालाई ८० लाख र पाँच वटा गाउँपालिकालाई ६०/६० लाख रुपैयाँ बजेट बाँडफाँड गर्ने निर्णय गरेको हो । तत्कालिन जिल्ला विकास... पुरा पढ्नुहोस

बेनी बजारको विकासमा संधै प्रश्न ? पहुँच विकासले बेतिथि !

म्याग्दी २० साउन । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित सुन्दरनगरी बेनी बजार । दुई नदीको बिचमा रहेको यो बेनी जिल्लाकै सदरमुकाम भएकाले पनि बर्षौदेखि आफ्नै खास पहिचान छ । बस्ती र भुगोलको हिसाबले थोरै भएपनि यो बजारलाई बेनी बजारको रुपमा मात्रै बुझ्यौँ भने गलत हुन सक्छ, किनकीे जिल्लामा रहेका... पुरा पढ्नुहोस

नेकपा म्याग्दीको सचिवालय गठन

म्याग्दी,१९ साउन । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको शनिबार सम्पन्न जिल्ला कमिटीको दोस्रो पूर्ण वैठकले ३२ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको छ । पुर्व एमालेबाट १९ र पुर्व माओवादीबाट १३ जनासहित ३२ सदस्यीइ सचिवालय गठन गरेको हो । यसैगरी वैठकले ७ सदस्यीय जिल्ला कार्यालय समिति पनि गठन गरेको छ... पुरा पढ्नुहोस

स्थानीय तहलाई जिम्मेवार बनाउन खोजिएको मन्त्री थापाको भनाई

सन्तोष गौतम बेनी १९ साउन । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गैरसरकारी संस्थाहरुलाई कार्यक्षेत्र अनुसार दर्ता हुने ऐन बनाउन लागिएको बताउनुभएको छ । गैरसरकारी संस्था महासंघ म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री थापाले कार्य क्षेत्र अनुसार स्थानीय तह, जिल्ला, प्रदेश र संघीय सरकारका निकायमा दर्ता... पुरा पढ्नुहोस

कालिगण्डकी नदीमा १५ दिनदेखि फसेको गोरुको युवाहरुले गरे उद्धार ( भिडियो सहित)

म्याग्दी, १८ साउन । बाग्लुङ नगरपालिका–१२ र पर्वतको फलेबास नगरपालिका ४ को सिमा क्षेत्रमा पर्ने कालिगण्डकी नदीमा बिगत १५ दिनदेखि फसेर अल्पत्र परेको गोरुको उद्धार गरिएको छ । नदीले बगाएर कालिगण्डकी नदीको किनारमा कतैपनि जान नसक्ने ठाउँमा अल्पत्र परेको गोरुको दुई सातापनि म्याग्दी, पर्वत र बाग्लुङका युवाहरुले उद्धार गरेका हुन्... पुरा पढ्नुहोस

देउताभिर गुफामा पर्यटन पुर्वाधार निर्माण (फोटो फिचर)

कमल खत्री म्याग्दी १६ साउन ।  म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा अवस्थित देउताभिर गुफालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । मगरदाङ गाउँदेखि गुफा सम्म जाने पदमार्गलाई स्तरीय बनाउन बनाउन सुरु गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकार मार्फत विनियोजन भएको रु २० लाख बजेटबाट... पुरा पढ्नुहोस

गृहगाउँ मल्कबाङमा समाजसेवी चन्द्रबहादुर छन्त्याललाई सम्मान (फोटो फिचर)

म्याग्दी १६ साउन ।  म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङ घर भई हाल युकेमा बस्दै आउनुभएका समाजसेवी चन्द्रबहादुर छन्त्याललाई गृहगाउँमा सम्मान गरिएको छ । १९ बर्ष पछि गाउँमा पुग्नुभएका छन्त्याललाई स्थानीय आमा समुह र विद्यालयले स्वागत तथा सम्मान गरेका हुन् । जनचेतना आमा समुहले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष लालकुमारी छन्त्याल लगायत... पुरा पढ्नुहोस