सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको उप–सभापतीमा म्याग्दीका विश्वकर्मा निर्वाचित

  • १२ आश्विन २०७७, सोमबार
  • 1193 पटक पढिएको

म्याग्दी १२ असोज । सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश को उप–सभापतीमा म्याग्दीका जीवनकुमार विश्वकर्मा निर्वाचित हुनुभएको छ । सोमबार पोखरामा सम्पन्न साधारण सभा तथा अधिवेशसनमा बेनीको न्यूरोडमा सुनचाँदी पसल सञ्चालन गर्दै आउनुभएका विश्वकर्मा उप–सभापतीमा निर्वाचित हुनुभएको हो ।

विश्वकर्मा म्याग्दी उद्योग बाणिज्य संघका निवर्तमान र सुनचाँदी व्यवसायि संघ म्याग्दीका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । दुई जना उपसभापतीको लागी म्याग्दीका विश्वकर्मा र गोरखाका कृष्ण विश्वकर्माले समान ४०÷४० मतका साथ बिजयी हुनुभएको जनाईएको छ ।

गण्डकी प्रदेश अन्र्तगतका ९ जिल्लाका व्यवसायी सहभागी रहेको अधिवेशनमा कास्की सुनचादी व्यवसायी संगका पूर्व अध्यक्ष द्वय चन्द्र किशोर गौतम र बुद्धि बहादुर गहतराज बीच गण्डकी प्रदेशको सभापतिको लागी प्यानल नै बनाएर निर्वाचन भएको थियो । निर्वाचनबाट सभापतीमा चन्द्र किशोर गौतम ३९ मत ल्याई विजयी हुनुभएको छ । सचिवमा रबिन घिमिरे विश्वकर्मा, कोषाध्यक्षमा नेत्रबहादुर विश्वकर्मा र सहसचिबमा पर्व विश्वकर्मा निर्वाचित हुनुभएको छ ।